२६ जेष्ठ २०८१/ सल्यान
सल्यानको एक परिवारलाई आई.एम.इ लाइफले १४ लाख रकम भुक्तानी गरेको छ ।
वैदेशिक रोजगारीको क्रममा केही महिना अगाडि मलेसियामा मृत्यु भएका सल्यान कालिमाटी गाउँपालिका वडानं.२ का मेघराज वलीको परिवारलाई बिमा कम्पनीले मृत्यु दावी बापतको रकम भुक्तानी गरेको हो ।
शनिबार मृतकको श्रीमती सविता वलीलाई आई एम ई लाईफ इन्स्योरेन्स कम्पनीका तालिम बिभाग प्रमुख सुनिल आचार्य र आई एम ई लाइफ इन्स्योरेन्स लुम्बिनी र कर्णाली प्रदेश प्रमुख प्रेम तिमिल्सिनाले १४ लाखको चेक हस्तान्तरण गर्दै, मृत्यु पश्चात पनि परिवार प्रतिको दायित्व निर्वाह गर्ने एक मात्र माध्यम जीवन बीमा भएको बताउनु भएको छ ।उहाँले बिमा बाट प्राप्त रकम बालबालिकाको शिक्षा दिक्षा स्वास्थ्य उपचार र परिवारकाे सुनाैलाे भविष्यका लागि लगानी गर्न परिवारलाई अनुरोध गर्नुभएको थियो ।
यस्तै चेक हस्तान्तरण कार्यक्रममा आइएमई लाइफ इन्स्योरेन्स सल्यान उप-शाखा प्रमुख भरत राेकायले,बैदेशिक रोजगारी बिमा ,जिवन बिमा,म्यादी बिमाको बारेमा जानकारी गराउदै दावि भुक्तानीको सम्पुर्ण प्रकियामा स्थानिय सरकारले खेलेको भुमिका र पहल कदमीको उच्च प्रसंसा सहित धन्यवाद ज्ञापन गर्नुभएको थियो ।रोकायले दावि भुक्तानी बाफतको रकम उत्पादन मुलक क्षेत्रमा लगानी गर्न महत्त्वपूर्ण मानिने बताउनु भयो। उहाँले ग्रमिण क्षेत्रमा बिमा सचेतना कार्यक्रम अगाडी बढाउनु पर्ने आवश्यकता रहेको र स्थानीय सरकारको समन्वयमा बिमा जागरण कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
१ वर्ष अगाडी आइ.एम.ई लाइफ इन्स्योरेन्समा जीवन बीमा गराएका वलीकाे मृत्यु पश्चात निजको परिवारले बिमा बापतको रकम भुक्तानीको लागि आवश्यक कागजात सहित कार्यालयमा निवेदन दिएको र कागज प्राप्त भएको एक हप्ता भित्रमै १४ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।