२५ जेष्ठ २०८१ / सल्यान
क्रेस्ट माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेड सल्यानले बिमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रवार सल्यानको दार्मा गाउँपालिकामा जनप्रतिनिधि,कर्मचारी र सर्वसाधारणको सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो ।
न्यून आय भएका गरिव एवं पिछडिएका क्षेत्रका वासिन्दा र सीमान्त कृत समुदायका व्यक्तिहरुलाई उक्त बिमाले धेरै टेवा पुर्याउने बताइएको छ ।
सचेतना कार्यक्रममा बोल्दै दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले सहुलियत दरमा गराइने उक्त बिमाले सवै प्रकारका मान्छे लाई समेट्न सहज हुने बताउनु भएको छ ।उहाँले थोरै शुल्कले धेरै जोखिम वहन गर्न सक्ने भन्दै यसको प्रचारप्रसारको लागि नयाँ ढंगले जन स्तर सम्म पुग्न बिमा कम्पनीका व्यक्ति लाई अनुरोध गर्नु भएको थियो ।गाउँपालिका अध्यक्ष केसीले बिमा जनतामुखि रहेकोले गाउटोल विभिन्न समिति बुद्धिजीवी राजनीतिक दल लगाएत सबै संग हातेमालो गरि अगाडि बढ्न सुझाव दिनु भयो ।
यस्तै कार्यक्रममा बोल्दै दार्मा गाउँपालिकाकी उपाध्यक्ष जुना मल्ल (चन्द) ले आजको आवश्यकता भनेको प्रत्येक नागरिक बिमित हुनु पर्ने बताउनु भयो ।उहाँले बिमा बनाउने सवैको चाहाना हुँदा हुँदै पनि आर्थिक अवस्थाका कारण बिमा गराउन नसक्नेहरुको लागि कृस्ट माइक्रो लाइफ इन्स्योरेन्स सवैको साथी बन्न सक्ने बताउँनु भयो ।उहाँले पालिकाको तर्फबाट धेरै बिरामीहरुलाई आर्थिक सहयोग गर्दै आएको र यस्लाई अझै बिमामा जोड्दा प्रभावकारी देखिने बताउनु भयो ।
सहभागीहरुलाई आफ्नो कम्पनीका सवै पक्ष बारे जानकारी दिदै क्रेस्ट माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेड सल्यान शाखा प्रमुख रमेश बुढाथोकीले ,न्युन आय भएका गरिब तथा पिछडिएका क्षेत्रका बासिन्दा र सिमान्तकृत समुदायका ब्यत्तिहरुलाइ लघु जीबन बिमा पुर्याउने लक्ष्यका साथ आफुहरुले काम गर्दै आएको बताउनु भयो । कार्यक्रमका सभा अध्यक्ष समेत रहनु भएका बुढाथोकीले बिमा योजना,बिमामा सरिक हुने प्रावधानहरु,बिमा लाभ भुक्तानी, लगाएतका बिषयलाई सहभागी माझ राख्नु भयको थियो ।उक्त बिमा कम्पनीमा १ सय ३१ रुपैया देखि २ हजार १ सय ३२ सम्म बिमा शुल्कका योजनाहरु समावेश गरिएको बताइएको छ ।
विभिन्न क्षेत्रका करिब ५० जना भन्दा् बढी सहभागी रहेको उक्त कार्यक्रमको सहजीकरण सल्यान शाखा मा कार्यरत कर्मचारी बिमला शाहीले गर्नु भएको थियो ।