सल्यानका ३ पालिकाका नगर प्रहरीको दिक्षान्त समारोह सम्पन्न

२२ जेष्ठ २०८१/ नेपालगन्ज 

सल्यानका तीन पालिकाका नगर प्रहरी दिक्षित भएका छन् ।

जिल्लाको शारदा नगरपालिका,बागचौर नगरपालिका र शिद्व कुमाख गाउँपालिकाका २४ जना नगर प्रहरी दिक्षित भएका हुन ।

मंगलवार शारदा नगरपालिकाका नगर  प्रमुख प्रकाश भण्डारीको प्रमुख आतिथ्यतामा कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत ( हाल नेपालगन्ज) मा भएको समारोहमा   नगर प्रहरी दिक्षित भएका छ्न ।

समारोहलाइ सम्बोधन गर्दै शारदा  नगर प्रमुख भण्डारीले नव प्रबेशी नगर प्रहरीहरुलाइ बधाइ तथा शुभकामना दिदै पालिकाको सुरक्षा तथा सुब्यबस्था कायम गर्न इमान्दार भएर लाग्न निर्देशन दिनु भयो ।
उक्त अबसरमा नगर प्रहरीले प्रमुख अतिथि भण्डारीलाई सलामी अर्पण गर्दै कवाज प्रदर्शन र सफत ग्रहण गरेका थिय ।
तालिम केन्द्रका सह-समादेशक प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीको स्वागत मन्तब्य रहेको समारोहमा बिशिस्ट अतिथिको रुपमा बागचौर नगरपालिकाका प्रमुख जनकराज गौतम, सिद्धकुमाख गाउँपालिकाका अध्यक्ष भरत गिरी, उपाध्यक्ष राम बहादुर बस्नेत रहनु भएको थियो ।

समारोहका प्रमुख अतिथि तथा बिशिस्ट अतिथि बाट नगर प्रहरीहरुलाइ पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरिनुका साथै ३ वटै पालिकाको तर्फ बाट तालिम केन्द्रलाइ सम्मान पत्र हस्तान्तरण गरिएको थियो ।

४५ दिने तालीमको समापनमा  तीन वटै पालिकाको तर्फबाट सर्वउत्कृष्ट पुरस्कार बागचौर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक नवराज चन्दलाई प्रदान गरिएको थियो ।

कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगञ्ज) का प्रमुख प्रहरी बरिस्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले समारोहमा उपस्थित प्रमुख अतिथि, बिशिस्ट अतिथि, प्रहरी परिवार र नगर प्रहरीहरुलाइ धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस