२२ जेष्ठ २०८१/ सल्यान
सल्यानको एक पोलिकिल्निकले निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।
जिल्लाको बागचौर नगरपालिका वडानं.२ बागचौर बजारमा रहेको जनप्रीय पोलिक्लिनिकले स्मृति दिवसको अवसरमा स्वास्थ्य शिविर संचालन गरेको हो ।
पोलिक्लिनिकका पुर्व व्यवस्थापक तथा संचालक स्वर्गीय भिम बहादुर ओली को तेस्रो स्मृति दिवसको अवसरमा सोमबार संचालन गरेको निशुल्क स्वास्थ्य शिविरमा १ सय ३५ जना व्यक्तिको स्वास्थ्य परिक्षण गरिएको छ ।उक्त शिविरमा १ सय १४ जना महिला र २१ जना पुरूष सहित १सय ३५ जनाले सेवा लिएको पोलिक्लिनिकका संचालक प्रभाकर ओलीले बताउनु भएको छ ।
उहाँले दाइ भिम बहादुर वलीको २०७८ जेष्ठ २१ गते कोरोनाका कारण निधन भएको र उहाँको सम्झनामा आफुहरुले प्रत्येक बर्ष विभिन्न सामाजिक कार्य गर्दै आएको बताउनु भयो ।