आर्थिक अभावले क्यान्सर पीडित किरणको उपचारमा समस्या,सक्दो सहयोग गर्दिन सवैमा आग्रह

१९ जेष्ठ २०८१/ सल्यान

आर्थिक अभावका कारण सल्यानका १२ बर्षिया किरण बिटालुको उपचारमा समस्या देखिएको छ ।

जिल्लाको बागचौर नगरपालिका वडा नं.३ रामपुर खालीका १२ बर्षिया किरण बिटालुको उपचारको लागि परिवारले आर्थिक सहयोग गर्दिन सवैमा अनुरोध गरेको छ ।

किरण बिटालुको खुट्टाको घुडामा हाड माशी केन्सर भएको र उनलाई भारतको नासिकमा रहेको नाम्को क्यान्सर अस्पताल उपचार गर्दा सन्चो नभएपछि अस्पतालले,मुम्बईको टाटा मेम्मोरियल क्यान्सर अस्पतालमा रिफर गरेको बुबा सगबिर बिटालुले बताउनु भयो ।

उहाँले आफू संग भएको सम्पुर्ण रकम छोराको उपचारमा खर्च भैसकेको र थप उपचार गर्नको लागि आफुहरु संग पैसा नभएकाले सक्दो आर्थिक सहयोग गरि छोराको ज्यान बचाइदिनु हुन सवैमा अनुरोध गर्नु भएको छ ।घरको आर्थिक अवस्था निकै कम्जोर त्यसैमा परिवारको सदस्यमा क्यान्सर रोग लाग्नुले परिवारलाई नै चिन्तित बनाएको छ ।

१२ बर्षिया किरण बिटालुको उपचार गर्न आर्थिक सहयोग गर्न चाहाने व्यक्तिले सगविर बिटालुको नाममा मुक्तिनाथ बिकास बैंक बागचौरमा रहेको चल्ती खाता नं.०४३२१४००५७१९२३०००००१ सक्दो आर्थिक सहयोग जम्मा गर्न सकिने उहाँका आफन्त सेतिराम बिटालुले बताउनु भएको छ । अन्य जानकारीको लागि ९७०४२३८८८२ सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस