सल्यानको श्रीनगरमा रहेको सुर्य नास्ता पसललाई नेरुडे मिर्मिरे लघु वित्तिय संस्थाले राहत प्रदान गरेको छ ।
गत वैशाख १० गते आगलागी भएको सुर्य नास्ता पसललाई राहत स्वरुप नगद रु १० हजार प्रदान गरिएको हो । शुक्रवार भएको रकम हस्तान्तरण कार्यक्रमम बोल्दै सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष विरेन्द्र कुमार श्रेष्ठले आपतको समयमा आर्थिक सहयोग गर्नु भएकोमा लघुवित्तीय संस्थालाई धन्यवाद दिनु भएको थियो ।उहाँले उद्योग वाणिज्य संघ सल्यानमा आवद्ध सम्पुर्ण व्यापारी,व्यवसायी,उद्योगीहरुको समस्या लाई समाधान गर्न आफुहरु सधै तत्पर रहने बताउनु भयो ।नेरुडे मिर्मिरे लघु वित्तिय संस्थाका प्रदेश प्रमुख तेज बहादुर खत्रीले आफ्नो संस्थाले संचालन गरेको श्रीनगर शाखा अन्तर्गत केन्द्र नं.५१ खहरे पिपल व्यवसायिक समुहमा, होटेल संचालक अम्बर चलाउने सदस्य रहनु भएको र उहाँको पसलमा आगलागी भएपछि थोरै भएपनी राहत होस भनेर आफ्नो संस्थाले नगद रकम हस्तान्तरण गरेको बताउनु भयो ।

रकम हस्तान्तरण कार्यक्रममा सल्यान उद्योग वाणिज्य संघ सल्यानका, वाणिज्य उपाध्यक्ष राजेन्द्र बहादुर भण्डारी,कोषाध्यक्ष नरेन्द्र बुढा मगर,नेरुडे मिर्मिरे लघु वित्तिय संस्था लिमिटेड शाखा कार्यालय श्रीनगरका प्रमुख पारस बोहरा,कर्मचारी वसन्त कुमार राणा,रेशम बिष्ट लगाएतको उपस्थिति रहेको थियो । नगद रकम हस्तान्तरण कार्यक्रममा नास्ता पसल सन्चालक अम्बर चलाउनेले सवैको साथ सहयोग पाउदा आफुलाई खुसी लागेको बताउनु भयो ।उहाँले हाल सम्म आफुलाई विभिन्न माध्यम बाट सहयोग गर्नु हुने सवैलाई धन्यवाद दिनु भएको थियो ।