देउराली माध्यमिक बिधालयको ३८ औ बार्षिकोत्सव कार्यक्रम सम्पन्न

१६ जेष्ठ २०८१/ सल्यान

देउराली माध्यमिक बिधालय शिद्व कुमाख २ कुयाँझोलको ३८ औ बार्षिकोत्सव तथा ४ कोठे भवनको उद्घाटन कार्यक्रम सम्पन्न गरिएको छ ।

बिहिवार भएको उक्त कार्यक्रममा बोल्दै सल्यान जिल्ला प्रदेश सभा ( क) का सासंद भिम प्रकाश शर्माले कर्णाली प्रदेश सरकारले शिक्षा क्षेत्रको लागि धेरै लगानी गरेको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका शर्माले देउराली माध्यमिक बिधालयको नव निर्मित भवनको उद्घाटन गर्न पाउँदा आफू खुसी भएको बताउनु भयो ।उहाँले बिधालयको इतिहास स्मरणीय रहेको भन्दै शैक्षिक गुणस्तरीयतामा सवैले चासो देखाउनु पर्ने बताउँनु भयो ।

कार्यक्रममा बोल्दै शिद्व कुमाख गाउँपालिकाका उपाध्यक्ष रामबहादुर बस्नेतले बिधालयको स्तर वृद्धिका लागि आफुहरुले काम गर्दै आएको बताउनु भयो ।बिशिस्ट अतिथी समेत रहनु भएका बस्नेतले २ नम्बर वडामा अवस्थित बिधालयले दक्ष शैक्षिक जनशक्ति उत्पादन गर्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा शिद्व कुमाख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खडका, शिक्षा शाखा प्रमुख प्रतिभा खडका वलि, सामाजिक बिकास कार्यालय सल्यानका प्रमुख कृष्ण अधिकारी,वडा नं.२ का वडा अध्यक्ष मेक बहादुर बुढाथोकी,३ का वडा अध्यक्ष जिवराज बोहरा,५ का वडा अध्यक्ष चुडामणि रेउले,सल्यान उद्योग वाणिज्य संघका बाणिज्य उपाध्यक्ष राजेन्द्र भण्डारी,नेपाली काङ्ग्रेसका शिद्व कुमाख गाउँकार्य समिति कार्यवाहक सभापति राजेश डाँगी,नेकपा एमालेका जिल्ला कमिटी सदस्य लिलधर रोका,नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य हरिलाल डिसी लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा विभिन्न प्रतियोगिताहरु समेत सम्पन्न गरिएको थियो ।

देउराली माध्यमिक बिधालयका विधालय व्यवस्थापन समिति अध्यक्ष गोविन्द चलाउनेको अध्यक्षता, प्रधानाध्यापक मनविर चलाउनेको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सन्चालन सहायक प्रधानाध्यापक दिनेश कुमार बिएमले गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस