५ जेष्ठ २०८१/ सल्यान
जनता माध्यामिक बिधालय रागेचौरले आफ्नो ४३ औं बार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ मनाएको छ ।
शुक्रबार भएको कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सभा सदस्य एवम पुर्व कृषि, भुमि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले बिधालयको स्तर वृद्धिका लागि आफुले गरेका प्रतिबद्धता पूरा गर्ने बताउनु भएको छ ।उहाँले २०३८ सालमा स्थापना भएको उक्त बिधालयको इतिहास स्मरणीय रहेको भन्दै बिधालयको भौतिक बिकास र शैक्षिक स्तर वृद्धिको लागि सवै लागि पर्नु पर्ने बताउनु भयो ।शर्माले तत्कालीन समयमामा बिधालय स्थापना र निर्माणको लागि भुमिका खेल्ने सवै लाई सम्झदै उहाँहरुले देखाएको मार्गलाई अझै फराकिलो गराउनु पर्ने बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका शर्माले कुमाखको समग्र पक्षमा आफ्नो कार्यकाल भित्र जनपक्षीय बिकास गर्ने बताउन भयो ।
कार्यक्रममा बोल्दै कुमाख गाउँपालिकाका अध्यक्ष मान बहादुर
बुढाथोकीले कुमाखको शैक्षिक अवस्थालाई सुधार गर्नको लागि सम्पर्ण राजनितिक दल संग गठबन्धन गर्न आफू तयार भएको बताउनु भयो ।कार्यक्रमका बिशेश अतिथि समेत रहनु भएका बुढाथोकीले शिक्षाको क्षेत्रमा भैरहेको राजनीतिलाई रोक्नुपर्ने भन्दै अवका दिनमा शिक्षा सुधारका लागि सवै लागी पर्नु पर्ने बताउनु भयो ।
यस्तै गाउँपालिका उपाध्यक्ष लाल बहादुर रावतले जनता माविको स्थापना तथा निर्माणका लागि स्थापनाकालका अध्यक्ष तथा जग्गादाताहरुले गरेको योगदानलाई सम्झिएर अहिलेका व्यवस्थापकहरुले काम गर्नुपर्ने बताउनु भयो ।उहाँले बिधालयले शैक्षिक जनशक्ति उत्पादन मात्र नभएर दक्ष एवं सक्षम जनशक्ति उत्पादनमा जोड दिनु पर्ने बताउनु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका पूर्व उपप्रमुख हरी प्रकाश बुढाथोकी, कुमाख गाउँपालिका पूर्व अध्यक्ष दिलमाया बुढाथोकी, उपाध्यक्ष डिल्लीराज जैशी, नेपाली काग्रेशका सभापती तथा कुमाख २ का अध्यक्ष इश्वरी शाही, नेकपा एमालेका नेता रेमन्त शर्मा, नेकपा माओवादी केन्द्रका नेता कृति बहादुर राना र नेकपाका नेता भीम भारती लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
त्यस्तै कार्यक्रममा वडाध्यक्षहरु केवल राना र कर्ण बहादुर बुढाथोकी, विद्यालयका संस्थापक अध्यक्ष डिल्ली बहादुर बुढाथोकी, पुर्व प्रधानाध्यापक कृष्ण रावत र पुर्व विद्यार्थी तथा मुसिकोट बहुमुखी क्याम्पस रुकुमका प्रध्यापक मुकुन्द शर्माले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा विद्यालयका पुर्व छात्र तथा नेपाली प्रहरीका पुर्व प्रहरी निरिक्षक टोपेन्द्र राठौरले स्थापना गरेको ३ लाखको अक्षयकोषबाट १७ जना विद्यार्थी र पुर्व शिक्षक पदम रानाले स्थापना गरेको ५० हजारको अक्षयकोषबाट ६ जना विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरिएको थियो ।
विद्यालयका शिक्षक तथा विद्यार्थीले विभिन्न साँस्कृतिक प्रस्तुति राखेको कार्यक्रममा कुमाख ३ परिकाँडाको मयुर नाच र इच्छुखोलाको सिंगारु नाच पनि प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा २ दिन सम्म भएका प्रतियोगिता र बार्षिक परिक्षामा प्रथम, दोस्रो र तेस्रो हुने तथा स्कुल प्रथम र कक्षा ८ मा पालिका प्रथमलाई पुरस्कारले सम्मान गरिएको थियो भने बिधालय व्यवस्थापन समिति सदस्यमा मनोनीत सदस्यहरु राजेन्द्र भण्डारी र चन्द्र बहादुर राणालाई स्वागत गरिएको थियो ।
विद्यालयका अध्यक्ष डिल्लीराज रावतको अध्यक्षता,बिधालयका सहायक प्रधानाध्यापक भिम वलीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष डम्बर शाहीले अभिभावक संघको तर्फबाट गरेका कामको जानकारी दिनु भएको थियो भने,कार्यक्रमको संचालन बिधालयका शिक्षकहरु नन्दराम भारती, टिकाराम आचार्य र सर्मिला केसीले गर्नु भएको थियो ।