
२९ बैशाख, सल्यान
शारदा नगरपालिका सल्यान का मेयर प्रकाश भण्डारी ले बिद्यार्थीको पठ्न सीप बिकास महत्त्वपुर्ण भएकोले नगरपालिकाले थप बिधालयमा साक्षरता कार्यक्रम बिस्तार गर्न लागेको बताउनु भयो । एकीकृत पाठ्यक्रम मा आधारित प्रारम्भिक कक्षामा पठन सीप विकास सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिममा सहभागी हुँदै गर्दा उहाँले एस्तो बताउनु भएको हो ।
पछिल्लो समय सल्यान जिल्लाको शिक्षा क्षेत्रमा उदाहरणिय बन्दै गएको साक्षरता कार्यक्रमलाई सल्यान का द्द वटा पालिकाले बिस्तार गर्ने भएका छ्न । यस अघि रुम टु रिड सङ को सहलगानीमा संचालित कार्यक्रमलाई शारदा नगरपालिका र बागचौर नगरपालिकाले बिस्तार गर्ने भएका हुन । कार्यक्रम अन्तर्गत प्रारम्भिक कक्षाका बालबालिका हरुमा बालमैत्री बसाइ ब्यबस्थापन , बालमैत्री पुस्तकालय , शिक्षक तालिम , पढाइ बिकास सामाग्री सहयोग आदिमा बिद्यालयलाइ सहयोग पुग्ने छ ।
यसै बिच
शारदा नगरपालिका र बागचौर नगरपालिका का ज्ञघ जना प्रशिक्षक लाई Room To Read को प्राविधिक सहयोग तथा मानव ससाधन बिकास केन्द्र ,सुर्खेतको सहकार्यमा मिति २०८१ बैशाख २५ देखि २९ सम्म एकीकृत पाठ्यक्रम मा आधारित प्रारम्भिक कक्षामा पठन सीप विकास सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम (TOT) कार्यक्रम सम्पन्न भएको छ ।
तालिमको सम्पन्नतासँगै अब दुबै गाउँपालिकाका प्रारम्भिकहरु ले कक्षा ९ कक्षा १ र २०मा शिक्षण गर्नुहुने शिक्षकहरुलाई सिकाइ सहजीकरणमा सहयोग पुर्याउने छ्न ।
बागचौर नगरपालिका शिक्षा प्रमुख चित्रा बस्नेत ले पालिकाले अपनत्व लिएर पठ्न सिपको कार्यक्रम अगाडि बढाउन लागेको ले पालिकाका सबै बिधालयमा पुर्याउन पहल गर्ने बताउनु भयो ।
रुम टु रिडका कार्यक्रम ब्यबस्थापक खड्ग कुवर ले पालिकाले साक्षरता कार्यक्रम लाई पालिकाको योजना मा राखी मुलप्रबाहिकरण गर्न आग्रह गर्नु भयो। पालिकाको शैक्षिक बिकास मा रुम टु रिड ले प्राबिधिक सहयोग गर्न सधै तयार रहेको बताउनु भयो ।
प्रशिक्षक प्रशिक्षणका सहभागीहरु ले आफुले प्रशिक्षण सीप राम्रो सङ सिक्न पाएको ले पालिकालाई प्रशिक्षण कार्यमा सहयोग गरेर पालिका को शैक्षिक बिकास मा योग्दान गर्न आफू तयार रहेको बताए ।
प्रशिक्षण कार्यक्रमको समापन बैशाख २९ गते शारदा नगरपालिका का उप मेयर सुस्मिता सापकोटाले सहभागीलाई प्रमाणपत्र बितरण गरेर गर्नु भएको छ ।