सल्यानको श्रीनगरमा बहुउद्देश्यीय भवनको निर्माण कार्य सुरु गरिएको छ ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र श्रीनगरमा, बहुउद्देश्यीय भवनको आवश्यकता देखिएकाले आफुले,सहरी विकास तथा भवन निर्माण बिभाग काठमाण्डौ बाट बजेट बिनियोजनका लागि पहल गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ( प्रचण्ड ) का स्वकीय सचीव रमेश मल्लले बताउनु भयो ।उहाँले भौतिक पुर्वाधार बिकासले जिल्लाको समृद्धिको लागि महत्त्वपूर्ण भुमिका खेल्ने भन्दै त्यस तर्फ आफुले पहलकदमी लिरहेको बताउँनु भयो । जिल्लाको समृद्धिका लागि आफुले खेल्ने भुमिका सधै सकारात्मक रहने र बिकासको लागि सम्भाबित क्षेत्रको बारेमा आफुलाई जानकारी दिन जिल्ला बासीमा मल्लले अनुरोध गर्नु भएको छ ।
यस्तै उक्त भवन निर्माण पछि सल्यान जिल्लाको खेलक्षेत्र लाई व्यवस्थितका साथ बिकास गर्न सहज हुने,नेपाल ब्याडमिन्टन संघका केन्द्रिय उपाध्यक्ष मान बहादुर मल्लले बताउनु भएको छ । जिल्ला खेलकुद बिकास समिति सल्यानका पुर्व अध्यक्ष समेत रहनु भएका मल्लले आफुले शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारी संग समन्वय गरेर भवन निर्माणको लागि जग्गा तयार भएको बताउनु भयो । उहाँले नगरपालिका भित्र निर्माण हुन थालेको भवनलाई पुर्णता दिनको लागि शारदा नगरपालिकाका नगर प्रमुख भण्डारी संग अझै पनि समन्वय गरेर सरोकारवाला निकाय संग बजेटको लागि थप पहल गर्न सहयोग गर्ने बताउनु भयो ।मल्लले भवन निर्माण पछि भलिबल खेल,ब्याडमिन्टन प्रतियोगिता लगाएतका अन्य खेल संचालन गर्न सकिने बताउनु भएको छ ।
उक्त भवनको भौतिक पुर्वाधार इकाई कार्यालय कर्णाली प्रदेशको ९५ लाख लागत ठेक्कामा,खैरावाङ्ग इन्जिनेरिङ्ग सर्भिस एन्ड कन्ट्र्क्सन ले निर्माण कार्य सुरु गरेको हो ।बुधबार शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारी,वडा नं.१ वडा अध्यक्ष प्रदिप कुमार पाण्डे लगाएतले शिलान्यास गर्नु भएको उक्त भवन २८.६५ मिटर लम्बाई १९.३२ मिटर चौडाइ रहेको छ भने,भवनको निर्माण कार्य आगामी असार मशान्त भित्र सम्पन गर्ने निर्माण कम्पनिका संचालक सर्जन रेउलेले बताउनु भएको छ ।