२५ वैशाख २०८१/ सल्यान
इन्फिनिटी लघु वित्तीय संस्था लिमिटेड सुर्खेत शाखाले समुह प्रमुख गोष्टि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
ग्रामीण बीकास को आधार लघुवित्तमा ,प्रविधिको बिस्तार भन्ने मुल नाराका साथ भएको उक्त कार्यक्रममा बोल्दै संस्थाका अनुगमन अधिकृत प्रकाश घिमिरेले,संस्थाको लक्ष्य,उद्देश्य,सेवा सुबिधाको बारेमा सहभागीहरुलाई जानकारी दिनु भएको थियो।कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका घिमिरेले मोबाईल बैङकिङ प्रयोग तथा कर्जा बचत को अनुपात पशुधन बीमा बारेमा जान्कारी गराउनु भयको थीयो ।
कार्यक्रममा बोल्दै संस्थाका सुर्खेत शाखा प्रमुख जीवन भण्डारीले संस्था र समुह बिचको सम्बन्धलाई दृर्घकालिन समय सम्म लैजानाको लागि हातेमालो गरेर अगाडि बढ्नु पर्ने बताउनु भएको छ ।उहाँले संस्था बाट लिएको ॠणलाई उत्पादन शिल क्षेत्रमा लगाउनु पर्ने बताउनु भयो । संस्थाको प्रगति बिवरण संगै अन्य विषयमा उहाँले जानकारी दिनु भयो ।
संस्थाको सुर्खेत शाखा अन्तर्गत समूह न ०३६ कि सदस्य पदम कला चौलागाईको अध्यक्षता,संस्थाका लेखापाल जैगड बिकको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन संस्थाका प्रमुख जीवन भण्डारीले गर्नु भएको थियो ।