२१ वैशाख २०८१/ सल्यान
सल्यानमा मोटरसाइकल सोरुममा आगलागी भएको छ।
जिल्लाको शारदा नगरपालिका १ श्रीनगरमा रहेको बजाज सोरुममा आगलागी भएको हो ।बिजुलीको वाइरिङ सट भई आगलागी हुँदा ६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
शुक्रबार दिउँसो भएको आगलागी बाट मर्मतका लागि ल्याइएको खानेपानी तथा सरसफाई कार्यालय सल्यानको मोटरसाइकल पूर्ण रुपमा जलेर नष्ट भएको छ । यस्तै सोरुममा रहेका ५ पिस फाइबर जस्ता पाता, एक हजार लिटरको हिल ट्यांकी, मोबिल र मोटरसाइकलमा प्रयोग हुने औजार गरी ६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनु भयो ।
प्रहरी, स्थानीयको सक्रियतामा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको सूचना अधिकारी धमलाले बताउनु भयो ।