प्रालि खोल्ने होडबाजी होइन,गुणस्तरीय सेवा दिन प्रतिबद्ध हुनु पर्छ अध्यक्ष हमाल

२१ वैशाख २०८१/ सल्यान

त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रालि दाङका अध्यक्ष सुरेश हमालले गुणस्तरीय सेवा आफुहरुको पहिलो प्राथमिकता हुनु पर्ने बताउनु भएको छ।

बिहिवार दाङको तुलसीपुरमा भएको विभिन्न जिल्लाका यातायात प्रालिको संयुक्त वैठकमा बोल्दै अध्यक्ष हमालले यातायात क्षेत्रमा आस्वस्त प्रतिस्पर्धा होइन,गुणस्तरीय सेवा दिनको लागी सवै तत्पर हुनु पर्ने बताउँनु भयो । पछिल्लो समयमा सल्यान,दाङ लगाएतका जिल्लामा विभिन्न प्रालि बिच देखिएका समस्याको समाधान गर्नको लागि आयोजना गरिएको उक्त वैठकमा बोल्दै त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रालि दाङका अध्यक्ष सुरेश हमालले सटर लिएर पसल खोलेजस्तो सहज यातायात संचालनमा नहुने बताउँनु भएको छ ।उहाँले यातायात प्रालि संचालन मान्छेको जिउ धन संग जोडिएको बिषय भएकाले त्यस तर्फ ध्यान दिनको लागी सवैमा अनुरोध गर्नु भयो ।

यातायात क्षेत्रलाई यहाँ सम्म ल्याइ पुर्याउने पुराना संस्थाको योगदान बारे बोल्दै अध्यक्ष हमालले तत्कालीन राप्ती अञ्चल सार्वजनिक यातायात समिति पछि, पहाडी जिल्लामा सल्यान रुकुम यातायात व्यवसायी समितले सेवा दिएको कुरा बताउनु भयो ।उहाँले सल्यान रुकुम यातायात प्रालिको इतिहास लाई सम्झदै संस्थालाई यहाँ सम्म ल्याउनको लागि तत्कालीन सल्यान रुकुम यातायात व्यवसायी समितिका संस्थापक अध्यक्ष लोकमान बुढाथोकीले नेतृत्व गरेको टिमको भुमिका महत्त्वपूर्ण रहेको बताउँनु भयो ।हिजो कडा सेन्डिकेटको समयमा सल्यानमा यातायात संस्था खडा गर्नु चुनौतीको बिषय भएको भन्दै, राप्ती अञ्चल सार्वजनिक व्यवसायी समितिका तत्कालीन स्वर्गीय अध्यक्ष जितेन्द्र बहादुर शाह र सिस्ने हिमाल यातायात व्यवसायी समिति रुकुममका तत्कालीन अध्यक्ष जे.के. बाठा मगरले नेतृत्व गरेको टिम संग लडाई गरेर स्थापना गरेको संस्था अहिलेको सल्यान रुकुम यातायात प्रालि भएको बताउनु भयो । उहाँले दुई जिल्लाका बाघले नेतृत्व गरेको लडाइ जितेर सल्यान जिल्लाले पायको एउटा उपलब्धि सल्यान रुकुम यातायात प्रालि भएको र यस्को अस्तित्व लाई कमि हुन नदिन तदारुकताका साथ लागि पर्न प्रालिका अध्यक्ष अरबिन्द कुमार राई लाई अनुरोध गर्नु भएको छ । अध्यक्ष हमालले संयुक्त डाइलमा संचालित सवै प्रालिहरुले गुणस्तरीय,आरामदायी एवं बिस्वस्निय यात्रुमुखी सेवा दिन नयाँ सोच नयाँ बिचार साथ लागि पर्न निर्देशन दिनु भएको हो ।उक्त बैठक बाट केही विवादित बिषय बस्तुको समाधान गरिएको छ ।

त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रालि दाङका अध्यक्ष सुरेश हमालको अध्यक्षतामा भएको बैठकमा,प्रालिका प्रवन्धक पुष्कर धिताल,कल्याणकारी संयोजक प्रकाश भट्ट,प्रशासनिक सह संयोजक पृतम कुमारश्रेष्ठ,कल्याणकारी सह संयोजक दिवाकर न्यौपाने,ज्ञानु केसी,सह लेखा संयोजक बिरेन्द्र केसी, सल्यान रुकुम रुट संयोजक प्रकाश भण्डारी भण्डारी लगाएतको सहभागीता रहेको थियो । यस्तै बैठकमा सल्यान रुकुम यातायात प्रालि सल्यानका अध्यक्ष अरविन्द कुमार राई,प्रबन्धक डम्बरबहादुर कवर,कोषाध्यक्ष रन्जित कुमार राई,सल्लाहकार सदस्यहरु दामोदर रेउले,राजेश बिक,सदस्य कुल बहादुर पुन,डायल इन्चार्ज सोभाकर थापा ( सुनिल) चलानी शाखा इन्चार्ज,कुल बहादुर केसी ( संगम) प्रालिका खलंगा इन्चार्ज बवि शाह,नमस्ते राप्ती यातायात प्रालि दाङका उपाध्यक्ष ओमकार बोहरा,सचीव प्रल्हाद श्रेष्ठ,रुकुम सिस्ने यातायात प्रालि रुकुमका तारा डाँगी,शारदा यातायात सेवा प्रालि सल्यानका अध्यक्ष शंकर देव खड्का,उपाध्यक्ष कर्ण बहादुर बस्नेत लगाएतको सहभागीता रहेको थियो वैठकको सहजीकरण त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रालि दाङका प्रशासनिक सह संयोजक पृतम श्रेष्ठले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस