तुलसीपुरका अनाथ बालबालिका र बृद्व वृद्वालाई हमाल द्वारा दैनिक उपभोग्य सामाग्री बितरण

१९ वैशाख २०८१ / सल्यान

दाङको तुलसीपुरमा रहेका अनाथ बालबालिका र वृद्व वृद्वालाई खाने कुराका साथै दैनिक उपभोग्य सामाग्री वितरण गरिएको छ ।

मंगलवार त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रालि दाङका अध्यक्ष सुरेश हमालले आफ्नो जन्म दिनको अवसरमा अनाथ बालबालिका र वृद्ध बृद्वालाई खानेकुराका साथै दैनिक उपभोग्य सामाग्री बितरण  गर्नु भएको हो ।

जन्म दिनमा गरिने फजुल खर्च लाई कम गरेर ,दुखी गरिव र बृद्व बृद्वालाई थोरै भएपनी राहत होस भन्ने उद्देश्यले,आफुले तुलसीपुरको  दिदी घरमा रहेका अनाथ बालबालिका र  तुलसीपुर ६ मा रहेको मानवसेवा आश्रमका बृद्व वृद्वा  तथा बालबालिका लाई बिहानको भोजन र दैनिक उपभोग्य सामाग्री प्रदान गरेको अध्यक्ष हमालले बताउनु भयो ।

नेपाली  काङ्ग्रेस तुलसीपुर उपमहानगरपालिकाका सभापति समेत रहनु भएका हमालले,समाज परिवर्तनको लागि सधै सकारात्मक कामको सुरुवात आफै बाट गर्नु पर्ने भन्दै,कुनै पनि शुभ कार्यमा गरिने फजुल खर्चलाई समाजिक सद्भावका लागि प्रयोग गर्नु पर्ने बताउनु भयो ।उहाँले आगामी बर्षहरुमा पनि आफुले यस्ता खाले कार्यलाई निरन्तरता दिने बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस