आगलागी पीडित अम्मर चलाउने र मृतक भिम बहादुर घर्तीको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

१६ वैशाख २०८१/ सल्यान

सल्यान उद्योग वाणिज्य संघले आगलागी पीडित अम्मर चलाउने लाई राहत बापतको रकम हस्तान्तरण गरेको छ ।

आइतबार एक कार्यक्रमका बिच सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष बिरेन्द्र कुमार श्रेष्ठले अम्मर चलाउने लाई राहत स्वरुप १५ हजारको चेक हस्तान्तरण गर्नु भएको हो ।

चेक हस्तान्तरण कार्यक्रममा सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष बिरेन्द्र कुमार श्रेष्ठ, बरिस्ठ उपाध्यक्ष राजेन्द्र कुमार थापा, वाणिज्य उपाध्यक्ष राजेन्द्र बहादुर भण्डारी लगाएतको उपस्थिति रहेको थियो । यस्तै कार्यक्रममा महासचिव मोहन सारु,सचीव रण बहादुर खड्का,कोषाध्यक्ष नरेन्द्र बुढा,कार्यालय प्रमुख दिपक खड्का,लेखापाल लक्ष्मण चलाउने,कम्युटर अपरेटर हुकुम शाही लगाएतको सहभागिता रहेको थियो ।

वैशाख १० गते राती करिव १ बजे चलाउनेको श्रीनगरमा रहेको सुर्य नास्ता पसलमा आगलागी भएको थियो । आगलागी बाट करिव १२ लाख बराबरको क्षती भएको अम्मर चलाउनेले बताउनु भएको छ ।

यस्तै सल्यान उद्योग वाणिज्य संघका साधारण सदस्य मृतक भिम बहादुर घर्तीको परिवारलाई क्रिया खर्च बापत २५ हजार रुपैया हस्तान्तरण गरिएको छ ।

आइतबार सल्यान उधोग बाणिज्य संघ सल्यानका अध्यक्ष बिरेन्द्र कुमार श्रेष्ठ लगाएत पदाधिकारी मृतकको घरमै पुगेर उक्त रकम परिवारलाई हस्तान्तरण गर्नु भएको हो ।

जिल्लाको त्रिवेणि गाउँपालिका वडानं.५ टुनिवोट निवासी भिम बहादुर घर्तीको ५० बर्षको उम्मेरमा वैशाख १२ गते निधन भएको थियो । उधोग वाणिज्य संघको बिधान अनुसार फर्म नविकण भएका संचालकको मृत्यु भएको खण्डमा परिवारलाई क्रिया खर्च बापतको २५ हजार रकम दिने व्यवस्था रहेको उधोग वाणिज्य संघ सल्यानका महासचिव मोहन सारुले बताउनु भयो ।सारुले सोही व्यवस्था अनुसार मृतक भिम बहादुर घर्तीको परिवारलाई आफुहरुले उक्त रकम हस्तान्तरण गरेको बताउँनु भयो ।

 

प्रतिक्रिया दिनुहोस