सल्यान रुकुम यातायात प्रालि द्वारा मिनिवस एकता अभियान संचालन

 १३ वैशाख २०८१/ सल्यान

सल्यान रुकुम यातायात प्रालिले मिनि बस एकता अभियान संचालन गरेको छ ।

सल्यान जिल्ला भित्र रहेका सम्पुर्ण प्रालिमा आवद्ध मिनि बसहरुलाई एकताबद्ध बनाएर संचालन गर्ने उद्देश्यले आफुहरुले गत सोमबारको बैठकमा छलफल गरेको सल्यान रुकुम यातायात प्रालिका अध्यक्ष अरविन्द कुमार राईले बताउनु भयो । उहाँले पछिल्लो समयमा जिल्ला भित्र धेरै यातायात प्रालि खोल्ने होडबाजी चल्नुका साथै,गाडी दुर्घटनाको क्रमम वृद्धि हुँदै गएको र दुर्घटना पछि सम्बन्धित संस्थाले दुर्घटनाका घाइते, मृतकका परिवारलाई उचित किसिमको क्षतिपूर्ति दिन नसक्दा यातायात क्षेत्रकै बिश्वसनियता हराउँदै गएका कारणले पहिलो चरणमा मिनिवस एकता अभियान संचालन गरिएको बताउनु भयो । अध्यक्ष राईले जिल्ला भित्र रहेका भिभिन्न प्रालिमा आवद्ध मिनि बसहरु सल्यान रुकुम यातायात प्रालिमा आउन चाहे निश्चित समयको लागि दर्ता शुल्कमा छुट दिएको बताउनु भयो ।

मिनि बस एकताको बिषयमा अन्य प्रालिका व्यवसायी र पदाधिकारीहरु संघ छलफल भैरहेको सल्यान रुकुम यातायात प्रालिका सल्लाहकार सदस्य दामोदर रेउलेले बताउनु भएको छ । यस्तै आजनै सल्यानको शारदा यातायात प्रालि बाट ५ वटा मिनि बस आफ्नो प्रालि दर्ता भएको सल्यान रुकुम यातायात प्रालिका कार्यालय प्रमुख तीर्थराज धितालले बताउनु भयो ।शारदा यातायात प्रालिका सन्चालक समिति सदस्य भिमनाथ योगी,प्रालिका प्रशासनिक इन्चार्ज शालिक डिसी लगाएत ४ जना कर्मचारीहरु आफ्नो प्रालिमा समाहित भएको कार्यालय प्रमुख धितालले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस