सल्यानमा कुटपिट बाट एक युवाको मृत्यु

१२ वैशाख २०८१/ सल्यान

सल्यानमा कुटपिट बाट  एक युवाको ज्यान गएको छ ।

जिल्लाको कुमाख गाउँपालिका ५ कालागाउँ कौछेमा भएको उक्त  घटनामा कुमाख गाउँपालिका ६ बडागाउका २१ बर्षिया   विकास वलीको मृत्युु भएको प्रहरीले जनाएको छ ।

 

मंगलवार राती कालागाउका गोरख वलीको घरमा विवाहको भोजमा गएका विकास वलीलाई सामान्य विवादको क्रममा,स्थानीय मानसिंह कुमाई,हेमन्त थापा लगाएतको टिमले कुटपिट गरेर घाइते बनाएको र घाइते वलीको मिसन अस्पताल चौरजहारीमा सामान्य उपचार पछि,थप उपचारका लागि नेपालगन्ज लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त घटनामा परि सोही ठाउँका २८ बर्षिया मदन केसी पनि घाइते भएको र केसीको नर्सिङहोम नेपालगन्जमा उपचार भैरहेको आफ्न्तले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस