सपथ ग्रहण तथा प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न

११ वैशाख २०८१ / सल्यान

नेपाल उद्योग बाणिज्य महासंघका कर्णाली प्रदेश उपाध्यक्ष सुधन श्रेष्ठले उधोगी,व्यापारी र व्यवसायीको पक्षमा काम गर्न सल्यान उधोग वाणिज्य संघको नव निर्वाचित टिमलाई आग्रह गर्नु भएको छ।

सल्यान उद्योग वाणिज्य संघको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण तथा प्रमाण पत्र वितरण कार्यक्रममा बोल्दै
श्रेष्ठले वास्तविक व्यवसायीको समस्यालाई समाधान गर्न उधोग बाणिज्य संघको पहिलो प्राथमिकता हुनुपर्ने बताउदै, घुमन्ते व्यापारीका कारण सटर थापेर बसेका व्यवसायि मारमा परेकाले सबै व्यवसायिको गुणासोलाई ग्रहण गर्दै उद्योग बाणिज्य संघलाई साझा संस्थाको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

शनिवार सम्पन्न निर्वाचनबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यहरुको लागि मंगलबार उद्योग बाणिज्य संघको हल श्रीनगरमा भएको सपथ ग्रहण सँगै प्रमाण पत्र वितरण कार्यक्रममा बोल्दै निर्वाचन संयोजक वीर बहादुर सेजवालले सपथ

ग्रहण गराउदै सल्यान उधोग वाणिज्य संघकाले जिल्लाका सम्पुर्ण व्यवसायीका पक्षमा काम गर्नु पर्नेमा जोड दिनु भयो ।उहाँले नयाँ कार्यसमिति तथा सदस्यहरुलाई सफलताको शुभकामना सहित बधाई दिनु भएको थियो ।

नयाँ कार्यसमितिका अध्यक्ष बिरेन्द्र कुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष राजेन्द्र कुमार थापा, वाणिज्य उपाध्यक्ष राजेन्द्र बहादुर भण्डारी, उद्योग उपाध्यक्ष पलविर नेपाली, महासचिव मोहन सारु, सचिव रन बहादुर खड्का र कोषाध्यक्ष नरेन्द्र बुढा मगरले सपथ ग्रहण गर्नुभएको छ ।
यस्तै महिला सदस्य हिरा चन्द, बिमला गिरी, गिता घर्ती, दलित सदस्य प्रकाश परियार, जनजाती सदस्य हरी बहादुर गुरुङ, अल्पसंख्यक सदस्य मुस्तपा मिया र खुला सदस्यहरु गोफलो वली, चन्द्र बहादुर राना, बिरजंग वली, छबिलाल बिसी, बिर बहादुर डाँगी, लिलाधर शर्मा, टोप बहादुर वली तथा बस्तुगत सदस्य लाल बहादुर खत्रीले पनि सपथ ग्रहण गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ सल्यानका सचिब टिकाराम भण्डारीले सबै व्यवसायिलाई एकताबद्ध बनाएर अघि बढ्न सुझाव दिनुभयो ।

सपथ ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले नयाँ नेतृत्वका लागि दुई समुह बनाएर निर्वाचनमा गएपनि अव भने सबै उद्योगी व्यवसायिहरुलाई समेटेर अघि बढ्ने बताउनुभयो । निर्वाचनको अवधिमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै उहाँले निष्पक्ष र पारदर्शी भएर संस्थागत हितका लागि काम गर्न आफुहरु प्रतिवद्ध भएको जनाउनु भयो ।

निर्वाचन संयोजक सेजवालको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन सदस्य रञ्जित कुमार राईले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रममको सहजीकरण अधिबक्ता डम्बर वलीले गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस