८ वैशाख २०८१/ सल्यान
सल्यान उधोग बाणिज्य संघको निर्वाचनमा मतदान सुरु भएको छ ।
उद्योग बाणिज्य संघ सल्यानको नयाँ नेतृत्व चयनको लागि शनिबार बिहान ७ बजे देखी मतदान सुरु भएको हो ।सल्यान प्रदेशसभा (क) का सदस्य तथा कर्णाली प्रदेश सरकारका निवर्तमान भुमि व्यवस्था तथा कृषी सहकारी मन्त्री भिमप्रकाश शर्माले पहिलो मत खसाल्नु भएको थियो ।
आगामी नयाँ नेतृत्वको लागि दुई वटा प्यानल बनाएर उम्मेदवारहरु निर्वाचनमा होमिएका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाको समर्थनमा संयुक्त व्यवसायिक प्यानलबाट अध्यक्षमा बिरेन्द्र श्रेष्ठ र नेपाली कांग्रेस र राप्रपाको समर्थनमा संयुक्त लोकतान्त्रिक व्यवसायिक प्यानलबाट भरत बस्नेतको अध्यक्ष पदमा प्रतिस्पर्धा हुँदै छ ।
श्रीनगर स्थित उद्योग वाणिज्य संघको हलमा मतदान सुरु भएको निर्वाचनमा २१ पदका लागि ४२ जना उम्मेदवारहरुको प्रतिष्पर्धा हुँदै छ ।उक्त निर्वाचनका लागि जिल्लाभर १ हजार ९सय २६ जना मतदाता रहेको निर्वाचन संयोजक वीर बहादुर सेजवालले बताउनु भएको छ।
संयुक्त व्यवसायिक प्यानलबाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्र कुमार थापा, वाणिज्य उपाध्यक्षमा राजेन्द्र बहादुर भण्डारी, उद्योग उपाध्यक्षमा पलविर नेपाली, महासचिवमा मोहन सारु, सचिवमा रन बहादुर खडका र कोषाध्यक्षमा नरेन्द्र बुढा मगरले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै संयुक्त लोकतान्त्रिक व्यवसायिक प्यानलबाट वरिष्ठ उपाध्यक्षमा धिरज केसी, वाणिज्य उपाध्यक्षमा चन्द्र बहादुर बुढा, उद्योग उपाध्यक्षमा हपिस भण्डारी, महासचिवमा मान बहादुर वली, सचिवमा ईन्द्रा भण्डारी र कोषाध्यक्षमा कमल घर्तिमगर बीच प्रतिष्पर्धा हुँदै छ ।
अपराह्न ४ बजे सम्म मतदानको समय निर्धारण गरिएको छ । मतदान सम्पन्न भएलगतै मतगणना कार्य सुरु हुने निर्वाचन समितिले जनाएको छ । मतगणना स्थलको पनि तयारी भैसकेको छ भने मतगणना स्थललाइ सुरक्षित राख्न तारजाली लगाइएको छ ।