सल्यान बागचौरमा भएको बस दुर्घटना गाडी धानी बिष्णु बिकको मृत्यु

५ वैशाख २०८१/ सल्यान

सल्यानमा भएको बस दुर्घटना एक जनाको मृत्यु भएको छ ।

जिल्लाको बागचौर नगरपालिका वडानं.२ राप्ती राजमार्ग अन्तर्गत ठिनवाङ खोलामा भएको बस दुर्घटनामा परि गाडी धनी बिष्णु बिकको मृत्यु भएको हो ।

दाङको घोराही देखी रुकुम पुर्व तर्फ जादै गरेको तुलसीपुर यातायात प्रालिको रा १ ख २०८५ नम्बरको बस बुधबार बिहान बागचौर नगरपालिका वडा नं.२ ठिनबाङखोला पुल नजिकै बाट खोलामा खस्दा गम्भीर घाइते भएका दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका ४ निवासी गाडी धनी ४६ बर्षिया बिष्णु बिकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटनामा परि दाङ नारायणपुरका बर्ष ३६ कि दिल कुमारी गोतामे, रुकुम पश्चिम त्रिबेणी गाउँपालिका २ बस्ने बर्ष २२ कि चित्रा पुन,
तुल्सिपुर उपमहानगरपालिका–१० बिजौरी बस्ने बर्ष २९ का कृष्ण चौधरी गम्भीर घाइते भएको छन ।गम्भीर घाइते र अन्य घाइते गरि थप उपचारका लागि ९ जनालाई जिल्ला बाहिर रिफर गरिएको थियो ।
उक्त घटनामा घाइते हुने मध्य दाङको रक्षाचौर बस्ने बर्ष २६ कि खिमा बिक, बस चालक तुल्सिपुर उपमहानगरपालिका ६ बस्ने बर्ष ३४ का पुर्ण शम्सेर जबरा, तुलसीपुर ७ प्रसेनी बस्ने बर्ष ४९ का ठगि बुढा, सोहि ठाउँ बस्ने बर्ष ४७ कि कुम्भ कुमारी बुढा र रुकुम पश्चिम त्रिबेणी गाउँपालिका २ बस्ने बर्ष ६ का रेशम मगरलाई पनि जिल्ला बाहिर रिफर गरिएको छ ।

अन्य घाइते हुनेहरूमा रुकुम चौरजहारी नगरपालिका २ बस्ने बर्ष १६ कि पुष्पा चन्द रुकुम चौरजहारी नगरपालिका ९ बस्ने बर्ष १७ का उमेश मल्ल, रुकुम सिस्ने गाउँपालिका ६ बस्ने बर्ष ११ कि अरुणा गौतम, रुकुम बाफीकोट गाउँपालिका १ बस्ने बर्ष १४ का निश्चल हमाल र त्रिबेणी गाउँपालिका ६ बस्ने बर्ष ३३ को बसन्तजंग क्षेत्री रहेका छन् ।

यस्तै सल्यान शारदा नगरपालिका ५ बस्ने बर्ष १९ कि सपना भण्डारी, बागचौर नगरपालिका १ गौरिबेत बस्ने बर्ष ५० कि भुमा बस्नेत, शारदा नगरपालिका १५ बस्ने बर्ष २३ कि योगमाया बस्नेत, बागचौर नगरपालिका २ बर्ष २ कि ललिता बस्नेत, सोहि ठाउँ बस्ने बर्ष २५ का शुरेन्द्र बस्नेत, छत्रेश्वरी गाउँपालिका १ दमाचौर बस्ने बर्ष ३१ को बिरेन्द्र चन्द र सिद्ध कुमाख गाउँपालिका १ बस्ने बर्ष १७ का बिर बहादुर बस्नेत,रोल्पा रुन्टीगढी गाउँपालिका ५ बस्ने बर्ष २५ का रञ्जित बि.क. पनि घाइते भएका छन् ।

घाइतेहरुको बागचौरमा रहेको जनप्रिय पोलि किल्निक र सहज पोलिकिल्निक उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस