सल्यानमा सवारी दुर्घटनामा परि एक जना व्यक्ति घाइते

४ वैशाख २०८१/ सल्यान

सल्यानको बागचौर नगरपालिकामा भएको सडक दुर्घटनामा परि एक जना घाइते भएका छन् ।

मंगलवार बेलुकी करिव ५ बजे बागचौर नगरपालिका वडा नं.१ कालाखेत नजिकै भएको सडक दुर्घटनामा परि बागचौर नगरपालिका वडा नं.२ थारमारेका ३० बर्षिया टोपबहादुर केसी घाइते भएको प्रहरीले जनाएको छ ।

थारमारे बाट दाङ्ग तर्फ जादै गरेको रा१ ख ३०१३ नम्बरको टिपर र कालाखेत बाट थारमारे तर्फ फर्कदै गरेको रा ५प ४८२७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक केसी घाइते भएका हुन । घाइते केसीलाई बागचौरमा रहेको सहज पोलि किल्निकमा उपचार पछि थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको पोलि किल्निक संचालक सन्तोष केसीले बताउनु भयो ।उहाँका अनुसार मोटरसाइकल चालक केसीलाई टाउको,खुट्टा र शरीरका अन्य भागमा चोट लागेको छ ।

घटना पछी टिप्पर र चालकलाई इलाका प्रहरी कार्यालय थारमारेले नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस