सल्यान रुकुम यातायात प्रालिले गाडी व्यवसायीलाई गर्‍यो इलेक्टिक चुल्हो बितरण

२८ चैत २०८०/ सल्यान

सल्यान रुकुम यातायात प्रालिले आफ्न व्यवसायीहरु लाई इलेक्टिक चुल्हो बितरण गरेको छ ।

नयाँ बर्ष २०८१ साल र चैत दशैको अवसरमा गाडी व्यवसायी संघ शुभकामना आदानप्रदान प्रदानका साथमा इलेक्टिक  चुल्हो बितरण गरेको सल्यान रुकुम यातायात प्रालिका अध्यक्ष अरविन्द कुमार राइले बताउनु भएको छ । उहाँले स्वदेशी उत्पादन लाई प्रबर्द्धन गर्न र बिधुतिय सामाग्री प्रयोग बाट देशको आर्थिक अवस्थामा सुधार हुने भएकाले उक्त कार्य प्रभावकारी भएको बताउनु भयो । छिटो छरितो रुपमा खाना पकाउन,पारिवारिक खर्चमा कमि ल्याउन र धुवा रहित तरिकाले खाना पकाउनको लागि उक्त चुलो उपयुक्त भएकाले ब्यवसायीलाई बितरण गरेको अध्यक्ष राइको भनाई छ ।

कार्यक्रम सल्यान रुकुम यातायात प्रालिका अध्यक्ष अरविन्द कुमार राईको अध्यक्षता,शारदा नगरपालिका वडा नं.१ का वडा अध्यक्ष प्रदिप कुमार पाण्डेको प्रमुख आतिथ्यतामा भएको थियो भने ,प्रालिका सन्चालक समिति सदस्य राम बहादुर खड्का, रन्जित कुमार राई,यादव हमाल,सल्लाहकार सदस्यहरु दामोदर रेउले,राजेश विक,कार्यालय प्रमुख तीर्थराज धिताल लगाएत गाडी व्यवसायी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रालिले नयाँ बर्ष र चैते दशै अवसरमा  इलेक्टिक चुलो दिएकोमा आफुहरु खुसी भएको गाडी व्यवसायी आनन्द कुमार श्रेष्ठले बताउनु भयो ।उहाँले प्रालिले आगामी दिनमा पनि व्यवसायीको पक्षमा यस्तै सकारात्मक काम गर्नु पर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस