उधोग बाणिज्य संघ सल्यानको निर्वाचन नजिकिदै,उम्मेदवारहरु प्रचारप्रसारमा व्यस्त

२८चैत २०८० / सल्यान

सल्यान उधोग बाणिज्य संघको निर्वाचन नजिकिदै गर्दा उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा व्यस्त देखिएका छन् ।

आगामी बैशाख ८ गते हुने संघको निर्वाचनमा चुनावी प्रतिस्पर्धा दुइवटा प्यानल बिच हुने छ ।

संयुक्त व्यवसायीक प्यानलको तर्फ बाट अध्यक्षका उम्मेदवार बिरेन्द्र कुमार श्रेष्ठ रहनु भएको छ भने,संयुक्त लोकतान्त्रिक व्यवसायीक प्यानलको तर्फबाट अध्यक्ष पदका उम्मेदवार भरत कुमार बस्नेत रहनु भएको छ ।दुवै प्यानलका उम्मेदवारहरु यति बेला प्रचारप्रसारका सामाग्री सहित आफुहरुलाई मत माग्दै मतदाता कहाँ गएको देख्न सकिन्छ ।

सल्यानको श्रीनगर बाट सुरुवात गरेको प्रचारप्रसारको अभियानलाई आफुहरुले तिब्रता दिएको संयुक्त व्यवसायीक प्यानलका तर्फबाट अध्यक्ष पदका उम्मेदवार बिरेन्द्र कुमार श्रेष्ठले बताउनु भएको छ ।उहाँले हाल सम्म आफुहरु प्रचारप्रसारमा गएका स्थानहरुमा आफ्नो टिमलाई जिताउनको लागि उत्साहजनक बाताबरण देखिएको बताउनु भयो ।अध्यक्ष पदका उम्मेदवार श्रेष्ठले उधोगी,व्यापारी,ब्यवसायीहरुका समस्या,सल्लाह सुझाव र गुणासालाई बुझ्ने अवसर समेत प्रचारप्रसारको क्रममा मिलेको बताउँनु भयो ।


चुनावी प्रचार प्रसारको लागि संयुक्त व्यवसायीक प्यानलले आफ्नो टिमको भित्तेपात्रो समेत प्रकाशन गरेको छ। सम्पुर्ण उम्मेदवारहरुको फोटो,सम्पर्क नम्बर सहितकोको भितेपात्रो प्रचारप्रसारका क्रममा सल्यानका सम्पुर्ण बजारहरुमा बितरण गर्दै आएको संयुक्त व्यवसायी प्यानलका तर्फबाट बरिस्ठ उपाध्यक्ष पदका उम्मेदवार राजेन्द्र कुमार थापा ( आरके ) ले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस