२७ चैत २०८०/ सल्यान
सल्यानकाे शारदा नदिमा बैशाख १ गते मोटरबोट उद्घाटन गरिने भएको छ ।
सल्यान खलंगाका बिजय राणाले निर्माण गरेको मोटर बोट सयर हुने गरि नयाँ बर्षको अवसरमा बैशाख १ गते उद्घाटन गरिने भएको हो ।
साेमबार श्रीनगर टाउनप्लानिङ स्थित बैकुण्ठ धाम नजिक शारदा नदिकाे पानीमा माेटरबाेटकाे सफल परिक्षण गरेका राणाले वर्षादकाे मौसम बाहेक अन्य मौसममा शारदामा माेटरबाेट सयर राम्रोसँग गर्न सकिने बताउनु भएको छ ।उहाँले उक्त मोटरबोट दुई हप्ता लगाएर निर्माण गरेको र माेटरबाेटमा चालक सहित ९ सिटकाे व्यवस्था गरिएको बताउनु भयो ।६ सय ७५ केजी सम्म भारवहान ( क्षमता) उक्त मोटरबोटमा रहेको राणाले जानकारी दिनु भयो ।सो मोटर बोट
सयर गरेर मनाेरञ्जन लिए बापत शुल्क निर्धारण गर्ने र शारदा नगरपालिका र जिल्ला प्रशासनबाट समेत अनुमति लिएको उहाँको भनाइ छ ।
शारदा नदिमा पानीकाे सतह सानाे आकारकाे भएकाेले बैकुण्ठ धाम आसपासकाे क्षेत्रमा नदिकाे केहि भागलाइ थुनेर तालकाे आकार जस्ताे बनाउन लागिएका राणाले बताउनु भयो त्यसका लागि शारदा नगरपालिकाले डाेजर लगाएर नदिकाे आकार बढाउने सहयोग समेत गर्ने भएको छ।