नेकपा एमाले सल्यानको नयाँ नेतृत्वको लागि सेन र गीरी समुह बिच चुनाव हुँदै

२१ चैत २०८०/ सल्यान

नेकपा एमाले सल्यानको नयाँ नेतृत्व चयनको लागि निर्वाचन हुने भएको छ।

पार्टी भित्र दुई समुह बिचका नेताको मुख्य पदमा कुरा नमिल्दा नयाँ नेतृत्वको लागि निर्वाचन हुने भएको हो ।

चैत २२ गते बिहान देखि मतदान सुरु हुने निर्वाचनको लागि नेताहरूले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएको एमाले सल्यानले जनाएको छ ।

नेकपा एमाले सल्यानको १० औं जिल्ला अधिवेशनकाे नयाँ नेतृत्वका लागि, एमाले सल्यानकाे संस्थापन पक्ष र संस्थापन इतर पक्ष बिच चुनाव हुन लागेको हो ।

पार्टीका प्रदेश अध्यक्ष गुलावजंग शाहले लिड गरेको संस्थापनपक्ष बाट अध्यक्ष पदमा भिम बहादुर सेन, उपाध्यक्षमा ओज बहादुर बुढाथाेकी, सचिवमा पुष्पा बाेहरा, उपसचिवमा गणेशमान सिंह र सनसिल्ता वली डिसीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

 

त्यस्तै केन्द्रमा केपी शर्मा वली संग निकट रहेको संस्थापन इतर पक्षबाट अध्यक्षमा कुल बहादुर गिरी, उपाध्यक्षमा दान बहादुर केसी, सचिवमा दिपेन्द्र प्रकाश डिसी, उपसचिवमा गञ्जमान बुढा र बुद्धा कुमारी खत्रीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

पार्टीको जिल्ला निर्वाचनमा दुवै समुहमा नपरेका एमालेका महेश देवकाेटाले भने उपसचिवमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।
जिल्लाको नेतृत्व चयनमा निर्वाचन हुने बाताबरण बनेपछि आफुहरु भने अलमलमा परेको केहि सहभागी पार्टीका कार्यकर्ताको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस