१५ चैत २०८०/ सल्यान
नेपाल भारत संयुक्त बस व्यवसायी संघ अम्लि भोपाल टिम अहमदवादले सल्यानको एक परिवारलाई आर्थिक सहयोग गरेको छ ।
केही दिन अगाडि भारतको अहमदाबादमा करेन्ट लागेर मृत्यु भएका
सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा न ४ गर्चे रिठ्ठेचौरका ४३ बर्षिया हिरालाल बुढाथोकीको परिवारलाई आर्थिक सहयोग गरिएको हो ।
मृतकको परिवार लाई केही सहज होस भन्ने उधेश्यले आफुहरुले
३७ हजार ४ सय ८८ रुपैया आर्थिक सहयोग गरेको,नेपाल भारत सयुक्त बस ब्यवसायि संघ अम्लि भोपल टिम अहमदवाद गुजरातका रामबहादुर रानाले जानकारी दिनु भएको छ । उहाँले पीडित परिवारलाई सहयोग होस भनेर भारत अहमदवादमा रहेको नेपालीहरुले सहयोग रकम संकल गरेर पठाएको बताउनु भयो ।
मृतक बुढाथोकीको अहमदावाद स्थित सान्नदा भन्ने ठाउमा सिडि चढ्ने क्रममा खुट्टा चिप्लिएर विजुलीको तारमा पर्दा करेन्ट लागेर घाइते भएको र उपचारको क्रममा मृत्यु भएको थियो । उहाँका श्रीमति सहित २ छोरा र २ छोरी रहेका छ्न ।