होली पर्वलाई सभ्य एवं सुरक्षीत तवरले मनाउन जिल्ला प्रहरी कार्यालय सल्यानको अनुरोध

१० चैत २०८०/ सल्यान

जिल्ला प्रहरी कार्यालय सल्यानले होली पर्वलाई सभ्य एवं सुरक्षीत तवरले मनाउन आग्रह गरेको छ ।

कार्यालयले एक सूचना जारी गर्दै फागु पुर्णिमा अर्थात होली पर्वलाई सभ्य,शिष्ट,स्वस्थकर र मर्यादित तवरले मनाउन जिल्ला वासीमा अनुरोध गरेको हो ।

सुचनामा होली पर्व २०८० को शुभकामना व्यक्त गर्दै,११ बुदे चेतनामूलक सन्देश प्रकाशन गरिएको छ ।

होली पर्वलाई सभ्य,शिष्ट,स्वस्थकर र मर्यादित तवरले मनाउनु पर्ने,आत्मीय रुपमा नजिकभएका व्यक्ति वा आफन्तजन संग मात्र होली खेल्नु पर्ने,होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न तथा अपरिचित मानिसहरूको समुहमा होली खेल्न नहुने लगाएतका बुदा उल्लेख गरिएको छ ।

यस्तै कुनै पनि व्यक्तिको इच्छा बिपरित रंग,लोला,मोसो,केमिकल र फोहोर पानीले छ्याप्ने जस्ता कामहरू गर्न नहुने,सुनचाँदी जस्ता महङ्गा गरगहना लगाई होली खेल्न जान नहुने,अपरिचित मानिसले दिएको खानेकुरा खाना नहुने,ट्राफिक नियमको पुर्ण पालना गरि आफू पनि बच्ने र अरुलाई पनि बचाउने,मादक पदार्थ र लागू पदार्थ सेवन गरि सवारी साधन नचलाउने,अशक्त महिला,बालवालिका तथा जेष्ठ नागरिक लाई सम्मान गर्ने,रेलिङ भएको छत तथा सडकमा होली नखेल्ने,कुनै पनि अपराधीक गतिविधि हुन लागेको वा भएको थाहा पायमा तुरुन्त जिल्ला प्रहरी कार्यालय सल्यानको कन्ट्रोल रुमको १०० नं.वा नजिकको प्रहरी कार्यालयमा फोन गरि जानकारी दिन समेत अनुरोध गरिएको छ ।

होलीको समयमा कुनै पनि व्यक्तिको इच्छा विपरीत रंग लोला,मोसो,केमिकल वा फोहोर पानीले छ्यापेमा कानुन बमोजिम सजाय गरिने समेत जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस