सल्यानमा श्रब्य तथा श्रव्यदृश्य सामाग्री अभिमुखिकरण कार्यक्रम सम्पन्न

३ चैत २०८०/ सल्यान

सल्यानमा बिद्यालय शिक्षाको पाठ्यक्रममा आधारित श्रब्य तथा श्रब्यदृश्य सामाग्री अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

 

शुक्रवार सल्यानको खलंगामा,शिक्षा तथा मानव स्रोत बिकास केन्द्र सानोठिमिको आयोजना र शिक्षा विकास तथा समन्वय इकाई सल्यानको समन्वयमा उक्त कार्यक्रम भएको हो ।

कार्यक्रममा शिक्षा तथा मानव स्रोत बिकास केन्द्रका निर्देशक गोविन्द प्रशाद अर्यालले,सबै क्षेत्रका बिद्यार्थीको शिक्षामा पहुँच र गुणस्तर अभिबृद्धि गर्न उधेश्यले उक्त कार्यक्रम प्रभावकारी भएको बताउनु भयो । उहाँले बिद्यार्थीको सिकाईलाई जहाँ पनि र जहिले पनि निरन्तरता दिने हेतुका साथ श्रब्य तथा श्रब्यदृश्य सामाग्री उत्पादन गरेर प्रशारण गर्दै आएको बताउनुभयो ।

कार्यक्रमका सहभागिहरुले सुचना प्रबिधिमा आधारित शिक्षण सिकाई सामाग्री रहेकोले सुचनाको पहुँचबाट टाढा रहेका बिद्यार्थीलाई पनि समेट्ने गरेर आगामी योजना तय गर्नुपर्ने बताउनु भएको छ ।शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख लाल बहादुर घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक रुद्र भट्टराईले गर्नुभएको थियो ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख, बिद्यार्थी, शिक्षक, अभिभावक लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस