२४ फागुन २०८०/ सल्यान
सल्यानको बागचौरमा मर्यादित महिनावारी व्यवस्थापन,सरसफाइ तथा स्वच्छता सम्बन्धि सचेतनामुलक साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार सल्यानको बागचौरमा भएको कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाका नगरप्रमुख जनकराज गौतमले,विकसित देशको तुलनामा आफुहरु धेरै पछि परेको बताउँनु भयो ।उहाँले आधुनिक युगमा पनि मर्यादित महिनावारी व्यवस्थापन सरसफाइ तथा स्वच्छता सम्बन्धि सचेतनामुलक कार्यक्रम आफ्नो नगरपालिकामा गर्दै गर्दा, केही पक्षमा दुखी भएपनी,समग्रमा आफू खुसी भएको बताउदै,नगरवासी नागरिकलाई सचेतना गराउनु बागचौर नगरपालिकाको प्रमुख दायित्व भएको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका गौतमले,नगरपालिका भित्रका महिनावारी भएका महिलाहरुलाइ पोषणयुक्त खानेकुरानदिनु, नकारात्मक सोचमा परिवर्तन आउन नसक्नु र भेदभाव पुर्ण व्यवहारले समाजलाई अझै पछि पारेको बताउनु भयो ।उहाँले बागचौर नगरपालिकाले महिला दिदी वहिनिहरुको लागि धेरै लगानी गरेको त्यो लगानीको उचित सदुपयोग गर्न अनुरोध गर्नु भयो ।
कार्यक्रममा बागचौर नगरपालिका उपप्रमुख् सुम्निमा डीसी( वली) वडानं.१ का वडा अध्यक्ष गंगाराम बस्नेत,वडानं.२ वडा अध्यक्ष दिपेश डिसी,३ का भिमप्रकाश भण्डारी, ६ का ज्ञानबहादुर वली,७ का प्रेमबहादुर डाँगी,८ का सुशीलजंग चन्द,९ का यज्ञ बहादुर डाँगी,१० का ज्ञान प्रशाद शर्मा ११ का केश बहादुर भण्डारी,बागचौर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर कठायत,कार्यपालिका सदस्य,लैङ्िगक समानता अपाङ्ग तथा सामाजिक समावेशीकरण बिज्ञ राजु तिरुवा,वासका सल्लाहकार पवन कुमार वली लगायतका अतिथिहरुको सहभागीता रहेको थियो ।
११४ औ अन्तरास्ट्रिय महिला दिवसको अवसरमा भएको उक्त कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुका विभिन्न सचेतनामुलक प्रस्तुतिहरु रहेका थिए ।
बागचौर नगरपालिका सवैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना ( सुस्वा) को आयोजनामा उक्त कार्यक्रम संचालन भएको हो ।बागचौर नगरपालिका वडानं२ का वडा अध्यक्ष दिपेश डिसीको अध्यक्षता,निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर कठायतको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन बागचौर नगरपालिकाका प्रेस सल्लाहकार श्रवण देवकोटा र सुस्वाका सामाजिक परिचालक कमल वलीले गर्नु भएको थियो ।