२२ फागुन २०८०
सल्यानको शारदा नगरपालिकाले सडकमा पशु चौपाया, कुखुरा, हास छाड्न नपाइने निर्णय गरेको छ ।
शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीको अध्यक्षतामा मंगलबार बसेको कार्यपालिका बैठकले एस्तो निर्णय गरेको हो ।
सडक क्षेत्रमा खुल्ला रुपमा पशु चौपाया, कुखुरा हास छाड्दा सवारी दुर्घटनाको जोखिम बढ्ने भएकाले एस्तो निर्णय गरिएको नगर प्रमुख प्रकाश भण्डारीले दियो अनलाइन लाई बताउनु भयो ।
निर्णय कार्यान्वयनका लागि तत्काल सुचना प्रकाशन तथा प्रशारण गरेर सचेत बनाइने र त्यसको निगरानीका लागि नगर प्रहरी खटाइने उहाँले बताउनु भयो ।