२१ फागुन सल्यान
सल्यानको शारदा नगरपालिकामा आत्महत्या रोकथाम सम्बन्धी सचेनतामुलक विशेष अभियान को सुरुवात भएको छ ।
शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीको अध्यक्षता तथा कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक लालमणि आचार्यको प्रमुख आथित्यतामा अभियानको सुरुवात गरिएको हो ।
सोमबार जिल्ला समन्वय समितिको सभाहल खलंगामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख नविन कार्कीले जिल्लामा आत्महत्याको अवस्था तथा रोकथामका लागि गरिएका प्रयासका बारेमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा आत्महत्या रोकथाम सम्बन्धी बृत्तचित्र प्रस्तुत गरिनुका साथै प्रहरी मेरो साथी नामक नाटक समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा कर्णाली प्रदेश प्रहरी प्रमुख लिलामणि आचार्यले आत्महत्या रोकथामका लागि शारदा नगरपालिका संग सहकार्य गरि जिल्ला प्रहरी कार्यालय सल्यानले थालेको अभियान प्रशंसनिय भएको र यसलाई कर्णाली प्रदेशभरी नै फैलाउनको लागि आफुँले पहल गर्ने बताउनु भयो ।
त्यस्तै कार्यक्रममा बोल्दै शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीलेजिल्लामा सबै भन्दा बढि आत्महत्या गर्नेहरुको संख्या शारदा नगरपालिकामा रहेको तथ्यांकलाई केलाउदै आत्महत्या रोकथामका लागि समुदाय स्तरमा सचेतना फैलाउन प्रहरी संगको साझेदारीमा अभियान थालनी भएको र यसलाई १५ वटै वडामा लागु गरिने बताउनु भयो ।मानसिक स्वास्थ्य समस्या तथा नकारात्मक सोचका कारण दिनप्रतिदिन बढिरहेको आत्महत्याका घटनालाई कम गर्न स्थानीय सरकार चिन्तित भएर काम गरिहरहेको उहाँले बताउनु भयो ।
समुद्घाटन कार्यक्रममा विशिष्ट अतिथि जिल्ला समन्वय समिति प्रमुख बेलाराम रावल, विशेष अतिथिहरु बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतम,छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओझ बहादुर बुढाथोकी, महिलाले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख असबिर बुढाथोकी, दार्मा गाउँपालिकाका उपाध्यक्ष जुना मल्ल, छत्रेश्वरी गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा नेपाली काँग्रेसका उपसभापति सन्तोष के.सी.,प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी,प्रहरी उपरिक्षक नेत्रमणि गिरी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, शारदा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबाल,शारदा नगरपालिकाका विभिन्न वडाका वडाअध्यक्षहरु, पत्रकार महासंघका कार्यबहाक अध्यक्ष शंकर के.सी.,विभिन्न विद्यालयका प्रधानाध्यापक,शिक्षक,विद्यार्थी,प्रहरी, पत्रकार र स्थानीयहरुको सहभागीता रहेको थियो ।
जिल्ला प्रहरी कार्यालय सल्यान र शारदा नगरपालिका सल्यानको सहकार्यमा अभियानको थालनी भएको हो ।