सल्यानको बागचौर नगरपालिका र दार्मा गाउँपालिकामा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने

२० फागुन २०८०/ सल्यान

११४ औ अन्तरास्ट्रिय महिला दिवसको अवसरमा सल्यानका विभिन्न स्थानीय तहमा सचेतनामुलक साँस्कृतिक कार्यक्रम हुने भएका छन् ।

दिवसको अवसरमा फागुन २३ गते बागचौर नगरपालिकामा र २४ गते दार्मा गाउँपालिकामा मर्यादित महिनावारी व्यवस्थापन,सरसफाइ तथा स्वच्छ्ता सम्बन्धि सचेतना मुलुक साँस्कृतिक कार्यक्रम गरिने भएको हो ।बागचौर नगरपालिका र दार्मा गाउँपालिका सवैका लागी दिगो खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना ( सुस्वा) को आयोजनामा हुने कार्यक्रममा राष्ट्रिय स्तरका कलाकार हरुको प्रस्तुति रहने आयोजक संस्थाले बताएको छ ।


फागुन २३ गते बागचौरमा हुने कार्यक्रममा चर्चित लोक दोहोरी गाएक कृष्ण रेउले,भागिरथ चलाउने,सुनिता बुढाक्षेत्री,कृष क्षेत्री,गाएक शेर बहादुर डाँगी हास्यकलाकार दिप सागर भण्डारी लगाएतको प्रस्तुति रहने छ भने,फागुन २४ गते दार्मा गाउँपालिकामा गाएक रामु खड्का,गायिका सुनिता बुढा क्षेत्री,देवी बस्नेत,हास्य कलाकार दिपसागर भण्डारी लगाएत स्थानीय झाँकीहरुको प्रस्तुति गरिने वासका सल्लाहकार पवन कुमार वलीले बताउनु भयो ।

 

उहाँले दुई स्थानीय तहमा हुने कार्यक्रममा महिनावारी सम्बन्धि भेदभाव परम्परागत सोचाइ विभेदले गरेका असर र समाधान बिषयलाई समेटीएका प्रस्तुतिहरु देखाइने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस