फोहोर टिप्ने प्रतियोगिता सहित स्वास्थ्य दिवस मनाइयो

१५ फागुन २०८०/ सल्यान

स्वास्थ्य सेवा कार्यालय सल्यानले एक कार्यक्रमका बिच स्वास्थ्य सेवा दिवस मनाएको छ ।

‘दक्षजनशक्ति गुणस्तरीय स्वास्थ्य सेवा_निरोगी नेपाल निर्माणमा हाम्रो टेवा’ भन्ने नाराका साथ स्वास्थ्य सेवा कार्यालय र जिल्ला अस्पताल सल्यानको परिसरमा सरसफाइ गरेर उक्त दिवस मनाइएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।कार्यक्रममा फोहोर संकलन गर्ने प्रतियोगिता समेत समावेश गरिएको थियो ।उक्त प्रतियोगितामा स्वास्थ्य सेवा कार्यालय र जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । जथाभावि फोहोर फाल्नुहुदैन्, फोहोरले वातावरणमा असर गर्नुका साथै मानव स्वास्थ्यमा समेत प्रत्यक्ष असर गर्ने भएकाले सफा र स्वच्छ वातावरण निर्माणमा सहभागि गराउनु पर्छ भन्ने उधेश्यले फोहोर टिप्ने प्रतियोगिता राखिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. अभिषेक सिंहले जानकारी दिनुभएको छ ।

उहाँले रचनात्मक कार्य गर्नुपर्छ भन्ने सन्देश प्रवाहका लागि प्रतियोगिता सञ्चालन गरिएको बताउनुभयो । ‘जनस्वास्थ्य र अस्पतालबाट नियमित रुपमा फोहोर संकलन गर्ने र डम्पिङ क्षेत्रमा पठाउने काम भैरहेको सिंहको भनाइ रहेको छ ।उहाँले फोहोर टिप्ने प्रतियोगितामा आधा घण्टाको समय अवधिमा ७२ पोका फोहर संकलन गरिएको बताउनु भयो ।

३० मिनेटको समयमा सबैभन्दा धेरै फोहोर संकलन गर्नेलाई प्रथम, द्धितिय र तृतिय घोषणा गर्दै नगद पुरस्कार वितरण गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका सुचना अधिकारी थलराज डिसीले जानकारी दिनुभयो । उहाँले यो पटक अलि धेरै नै फोहोर संकलन भएको छ, अवका दिनमा यस्ता रचनात्मक कार्य गर्दै जाने र कुनै व्यक्तिलाई फोहोर संकलन गर भन्नुभन्दा पुरस्कार सहित प्रतियोगिता राख्यो भने फोहोर संकलन पनि हुने, सामुहिक कार्य पनि हुने, समाजमा सकारात्मक सन्देश पनि जाने भएकाले यसलाई निरन्तर अघि बढाउँने उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस