१० फागुन २०८०/ सल्यान
सल्यानको दार्मा गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँपालिकाले आर्थिक बर्ष २०८०/ ०८१ को अर्धबार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन गरेको हो ।
कार्यक्रममा बोल्दै दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले,दार्मा गाउँपालिकाले नितिबिधिमा रहेर जनचाहना अनुसारको बिकासलाई तिब्रता दिएको बताउनु भयो ।उहाँले दार्मा गाउँपालिका भित्रका जनताको जिवनस्तरलाई परिवर्तन गर्न लागि परेको बताउँनु भयो । आफ्नो पहिलो कार्यकालमा कोभिड लगाएतको महामारीमा जनताको जीवन रक्षाका लागि रचनात्मक कार्य गरेको र यहि कार्तिक १७ गते गएको भुकम्प प्रभावितहरु लाई राहतको लागि सवै तहका सरकार र सरोकारवाला निकायहरु संग समन्वय गर्दै आएको बताउनु भयो । अध्यक्ष केसीले गाउँपालिकाले गरेका सकारात्मक कार्यहरू संगै रहेर नकारात्मक कार्य पालिकाबाट भए खवरदारी गर्न गाउँपालिका बासीमा अग्रह गर्नु भयो ।
बिहीबार दार्माको फारुलाचौरमा भएको कार्यक्रममा,दार्मा गाउँपालिका उपाध्यक्ष जुन मल्ल( चन्द ) ,प्रमुख प्रशासकीय अधिकृत रेशम ओली,लगाएत,शिक्षा,स्वास्थ्य,पशु,कृषि,पुर्वाधार,शुस्वा लगाएतका शाखा प्रमुखहरुले सहभागीले उठाएका प्रश्नको जवाफ दिनु भयको थोयो ।
दार्मा गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा गाउँपालिका भित्रका राजनीतिक दल,सरोकारवाला निकाय लगाएत ३ सय बढि सर्वसाधारणको सहभागीता रहेको थियो भने कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ सल्यानकी उपाध्यक्ष सरिता चलाउनेले गर्नु भएको थियो ।