सल्यान उधोग वाणिज्य संघ सल्यानको विशेष साधारणसभा सम्पन्न

८ फागुन २०८०/ सल्यान

सल्यान उधोग वाणिज्य संघ सल्यानको बिशेष साधारणसभा सम्पन्न भएको छ ।

सल्यान उधोग वाणिज्य संघ सल्यानका अध्यक्ष कुमार बुढाथोकीको अध्यक्षतामा भएको विशेष साधारण सभा तथा नवौं अधिवेशनले निर्वाचनको मिति तय गरेको हो ।

मंगलवार सल्यानको श्रीनगरमा भएको विशेष साधारणसभा तथा अधिवेशनले,सल्यान उधोगवाणिज्य संघ सल्यानको आगामी निर्वाचन २०८१ वैशाख ८ गते शनिबार गर्ने निर्णय पारित गरेको अध्यक्ष कुमार बुढाथोकीले जानकारी दिनु भएको छ ।

अधिवेशनमा सल्यान उधोग वाणिज्य संघ सल्यानका महासचिव मोहन सारुले सस्थाको समग्र गतिविधि समेटिएको प्रतिवेदन र कोषाध्यक्ष सुरेन्द्र बुढाले आय व्यय विवरण सहितको प्रतिवेदन पेश गर्नु भएको थियो र उक्त प्रतिवेदन सर्वसम्मत रुपमा पास गरिएको हो ।

अधिवेशनमा उठेका समग्र विषय बस्तुको जवाफ उक्त संस्थाका अध्यक्ष कुमार बुढाथोकीले दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस