६ फागुन २०८०/ सल्यान
सल्यानका मनविर सुनारको उपचारको लागि आर्थिक अभाव देखिएको छ ।
जिल्लाको छत्रेश्वरी गाउँपालिका वडानं.२ घर भइ हाल वडा नं.३ कोर्वाङ झिम्पे पुजारी गाउँ निवासी अन्दाजी ५० बर्षिया मनविर सुनारको दायाँ खुट्टामा समस्या भएको र हिडडुल गर्न नसक्ने भएकाले उपचारको लागि सक्दो सहयोग गर्दिन परिवारले अनुरोध गरेको छ ।
छत्रेश्वरी गाउँपालिका वडा नं.३ वडा कार्यालयले,सुनारको उपचारमा धेरै रकम लाग्ने र परिवारको आर्थिक अवस्था कम्जोर भएकाले सक्दो सहयोग गरिदिन अनुरोध सहितको सिफारिस गरिदिएको छ ।
यस्तै आफ्नो परिवारमा आर्थिक आम्दानीको श्रोत केही नभएकोले
उपचारको लागि आर्थिक सहयोग माग्नु परेको श्रीमती चन्द्रा सुनारले बताउँनु भएको छ ।आफ्नो श्रीमानको उपचारको लागि सहयोगको अपेक्षा राखेको बताउनु भयो ।इच्छुक सहयोग दाताले ९८०८६४६०८१ मा सम्पर्क गर्न सक्नु हुने छ ।