०१ फागुन २०८०/ सल्यान
सल्यानमा जनयुद्ध दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सल्यानले २९ औं जनयुद्ध दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य मान बहादुर मल्लले,सल्यानमा ब्लड बैंक नहुँदा बिरामीले सास्ती व्यहोर्दै आइरहेको र सल्यान जिल्ला अस्पतालमा सधै रगतको अभाव खट्की रहने भएकाले दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।उहाँले सकंलन भएको रगत सल्यान जिल्ला अस्पतालमा राखिने र आवश्यक पर्दा बिरामीले प्रयोग गर्ने बताउनु भयो ।
यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्र शारदा नगरकमीटी अध्यक्ष नवीन भडेलले आफ्नो पार्टी जनताप्रति उत्तरदायी भएको र रक्तदानले नागरिकको ज्यान जोगाउन सहयोग पुग्ने विश्वास लिएको बताउनु भयो । रक्तदान गर्नु जीवनदान सरह नै भएकाले पार्टीले सञ्चालन गरेको जनयुद्धको २९ औं दिवसको अवसरमा रचनात्मक कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरिएको उहाँको भनाई छ ।
सल्यानको श्रीनगरमा भएको रक्तदान कार्यक्रममा ३२ जना व्यक्तिले रक्तदान गरेको माओवादी केन्द्र सल्यानले जनायको छ ।
माओवादी केन्द्र शारदा नगरकमिटिको आयोजना, नेपाल रेडक्रस सोसाइटी सल्यान,जिल्ला अस्पताल सल्यान र परोपकार अस्पतालको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।