श्रीनगरमा आधुनिक वसपार्क निर्माण अन्तर्गत तटबन्ध निर्माणको काम सुरु ।


२७ माघ, सल्यान ।
शारदा नगरपालिकाले आधुनिक वसपार्क निर्माण अन्तरगत
भगवतीखोलामा तटबन्ध निर्माणको काम सुरु गरेको छ ।
शनिबार नगर प्रमुख प्रकाश भण्डारीले एक कार्यक्रमका विच तटबन्ध निर्माणको सिलान्यास गर्नुभयो ।


८० लाख बजेटमा खोलाको किनारमा दुवै तर्फ तटबन्ध निर्माण गरिन लागेको नगर प्रमुख भण्डारीले बताउनु भयो । बसपार्कका अन्य संरचनालाई संरक्षण गर्नका लागि सुरुमा तटबन्ध निर्माणको काम सुरु भएको र यो संगै बसपार्कमा ब्यापारीक मल, सटर, टिकट काउण्टर, अत्याधुनिक सार्वजनिक शौचालय, गेट, प्रतिक्षालय लगायतका संरचना निर्माणका लागि टेण्डर प्रक्रृया अगाडी बढेको उहाँले बताउनु भयो ।
शिलान्यास कार्यक्रममा नगर प्रमुख प्रकाश भण्डारीका साथै
वडा नम्बर १ र ८ का वडा अध्यक्षहरु प्रदिप पाण्डे, लक्ष्मण बुढाथोकी, कार्यपालिका सदस्यहरु रत्ना थापा, दिपक विश्वकर्मा, प्रहरी, पत्रकार, व्यापारी,यातायात व्यवसायी लगायत स्थानीयवासीन्दाहरुको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस