स्वास्थ्य सेवा कार्यालय सल्यान जिल्लाकै नमुना कार्यालय घोषित

 

स्वास्थ्य सेवा कार्यालय सल्यान जिल्लाकै नमुना कार्यालय घोषित भएको छ ।

कर्णाली प्रदेशका १० वटै जिल्लामा रहेका प्रदेश मातहतका कार्यालय मध्येबाट सर्वोत्कृष्ट एवं नमुना कार्यालयहरू छनोट गरिएको र माघ १० गते बसेको कर्णाली प्रदेश सरकार, मन्त्रिपरिषद्को निर्णय अनुसार स्वास्थ्य सेवा कार्यालय सल्यान नमुना घोषित भएको हो ।

नमुना कार्यालय मध्य सल्यानमा स्वास्थ्य सेवा कार्यालय परेको स्वास्थ्य सेवा कार्यालय सल्यानका सुचना अधिकारी थलराज डिसीले जानकारी दिनुभयो ।

जिल्लामा प्रदेश मातहतका एक दर्जन कार्यालयहरू रहेको र सेवा प्रवाह, योजना कार्यान्वयन, व्यवस्थापन लगायतका आधारमा नमुना छनौट गरिएको डिसीले बताउनु भयो । छनौट भएका कार्यालयहरूलाई पुरस्कृत समेत गरिने छ ।

प्रतिक्रिया दिनुहोस