राष्ट्रिय संगीतकर्मी संघ दाङ द्वारा सल्लाहकार शंकर मान बिष्ट सम्मानित

२३ माघ २०८०/ सल्यान

राष्ट्रिय संगीतकर्मी संघ जिल्ला शाखा दाङ द्वारा सल्लाहकार शंकर मान बिष्ट लाई सम्मान गरिएको छ ।

कात्तिक १७ गते जाजरकोट केन्द्र बिन्दु बनाएर गएको बिनासकारी भुकम्पले धेरै जनधनको क्षति भएको र त्यस समयमा राष्ट्रिय संगीतकर्मी संघ जिल्ला शाखा दाङले संचालन गरेको अभियानमा आर्थिक सहयोग संगै राहत संकलनमा महत्त्वपूर्ण भुमिका खेलेको भन्दै एक औपचारिक कार्यक्रमका बिच आज राष्ट्रिय संगीतकर्मी संघ जिल्ला शाखा दाङका जिल्लाका अध्यक्ष दिपक वली र सचीव भिम वली (एस.बि)ले सम्मान गर्नु भएको हो ।

 

समान कार्यक्रममा बोल्दै अध्यक्ष दिपक वलीले आफुहरुले संचालन गरेको हरेक अभियानमा बिष्टको महत्त्वपूर्ण भुमिका रहेको बताउनु भयो ।उहाँले बिष्ट संस्थाका अभिभावक र एक असल युवा व्यवसायी बाट आफू हरुलाई हरेक अभियानमा सहयोग हुँदा आफू संगै आफ्नो टिम खुशी भएको बताउनु भयो ।

सम्मान कार्यक्रममा बोल्दै राष्ट्रिय संगीतकर्मी संघ दाङ जिल्लाका सचीव भिम बहादुर वली (एस.बि) ले त्यो दिन नेपालीहरुको लागि कालो दिन भएको र त्यहीँ कालो दिनको बिहानै आफू र वरिष्ठ उपाध्यक्ष एच.आर मगर स्थल गत रिपोर्टिङका लागी उक्त ठाउँ जाजरकोट र रुकुम पश्चिम्को भग्नावेस भएको ठाउँमा भुकम्प ले तहस नहस पारेको ठाउमा सहयोगको लागी फिल्ड्मा पुगि त्यहाँको गम्भीर अवस्था देखेर राहतको अत्यन्तै आवस्यक भएको जानकारी राष्ट्रिय संगीतक्रमी संघ जिल्ला शाखा दाङका अध्यक्ष लाई दिएको बताउनु भयो ।

उहाँले जाजरकोटमा छट्पटीएका नागरिकहरुको धनजन गुमाउनु भएको परिवारको लागि घाउमा केहि मल्म पट्टी लगाउने उद्देश्यले आफुहरुले आत्मसाथ गर्दै सहयोगका लागी फिल्डमा खटिएको बताउदै संस्थाले संचालन गरेको राहत अभियानमा एक युवा व्यवसायी राष्ट्रिय संगीतकर्मी संघ जिल्ला शाखा दाङ का सल्लाहकार बाट निकै ठुलो योगदान पुर्याएको भन्दै सम्पुर्ण अभियान टिमको तर्फबाट धन्यवाद समेत व्यक्त गर्नु भएको थियो ।


यस्तै समान कार्यममा सम्मानित हुँदै विष्ट्ले अहिले राष्ट्रिय संगीतकर्मी संघ जिल्ला शाखा दाङले संचाल गरिरहेको हरि माया बि.क घर बनाउ अभियानमा आफुले ५५५५/- (पचपन्न सय पचपन्न) सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको हो ।
बिकको घर निर्माणको  लागी तुलसीपुर १ भम्केका डिल कृष्ण रानाले ५हजार ९सय सहयोग गर्नु भएको हो ।

उक कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघ जिल्ला शाखा दाङका सदस्य रमेश जैसी , हर्क बहादुर बिक ,करण वली , दामोदर केसी , राष्ट्रिय संगीतकर्मी संघ जिल्ला शाखा दाङका प्रेस सह-संयोजक के.वि वली विद्यार्थी नेता भुपेस खत्री , तिलक डाँगी लगायतको सहभागी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस