२२ माघ २०८०/ सल्यान
राष्ट्रिय संगीतकर्मी संघ जिल्ला शाखा दाङ द्वारा सल्लाहकार राज कुमार वली (राजेश) लाई समान गरिएको छ ।
कात्तिक १७ गते जाजरकोट केन्द्र बिन्दु बनायर गएको ठुलो बिनासकारी भुकम्पले धेरै जनधनको क्षति भएको थियो जस बेला राष्ट्रिय संगीतकर्मी संघ जिल्ला शाखा दाङले संचालन गरेको अभियानमा आर्थिक सहयोग संगै राहत संकलनमा निकै ठुलो भुमि निभाएको भन्दै एक औपचारिक कार्यक्रमका बिच राष्ट्रिय संगीतकर्मी संघ जिल्ला शाखा दाङ जिल्लाका अध्यक्ष दिपक वली र सचीव भिम वली (एस.बि)ले राजेशलाई सम्मान गर्नु भएको हो ।
समान कार्यक्रममा बोल्दै अध्यक्ष दिपक वलीले आफुहरुले संचालन गरेको हरेक अभियानमा वहाको निकै ठुलो भुमिका रहेको समेत बताउनु भएको हो ।उहाले आफ्नो संस्थाका अभिभावक एक असल युवा व्यवसायी बाट आफू हरुलाई हरेक अभियानमा सहयोग हुँदा आफू संगै आफ्नो टिम खुशी संगै बलियो भएको बताउनु भयो ।
सम्मान कार्यक्रममा बोल्दै राष्ट्रिय संगीतकर्मी संघ दाङ जिल्लाका सचीव भिम बहादुर वली (एस.बि) ले त्यो दिन नेपालीहरुको लागि कालो दिन भएको र त्यहीँ कालो दिनको बिहानै आफू र वरिष्ठ उपाध्यक्ष एच.आर मगर स्थल गत रिपोर्टिङका लागी उक्त ठाउँ जाजरकोट र रुकुम पश्चिम्को भग्नावेस भएको ठाउँमा सहयोगको लागी पुगि त्यहाँको अवस्थाको बारेमा सम्पुर्ण जानकारी राष्ट्रिय संगीतक्रमी संघ जिल्ला शाखा दाङका अध्यक्ष लाई दिएको बताउनु भयो ।
उहाँले त्यहाँका छट्पटीएका नागरिकहरुको घाउमा केहि मलम पट्टी लगाउने उद्देश्यले आफुहरुले आत्मसाथ गर्दै सहयोगका लागी फिल्डमा खटिएको बताउदै संस्थाले संचालन गरेको राहत अभियानमा एक युवा व्यवसायीबाट निकै ठुलो योगदान पुर्याएको भन्दै सम्पुर्ण अभियान टिमको तर्फबाट धन्यवाद समेत व्यक्त गर्नु भएको थियो ।
यस्तै समान कार्यममा सम्मानित हुँदै वलीले अहिले राष्ट्रिय संगीतकर्मी संघ जिल्ला शाखा दाङले संचाल गरिरहेको हरि माया बि.क घर बनाउ अभियानमा आफुले १५ हजार ५ सय आर्थीक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको हो ।
उक कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघ जिल्ला शाखा दाङका सदस्य रमेश जैसी , हर्क बहादुर बिक ,करण वली , दामोदर केसी , राष्ट्रिय संगीतकर्मी संघ जिल्ला शाखा दाङका प्रेस सह-संयोजक के.वि वली विद्यार्थी नेता भुपेस खत्री , तिलक डाँगी लगायतको सहभागी रहेको थियो ।