सल्यानमा १४ औ रास्ट्रपति रनिङ शिल्ड सुरु

सल्यानको १४ औँ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले गर्नु भएको छ ।

आइतबार जीवन ज्योती नमुना माद्यामिक बिद्यालय कपुरकोट गाउँपालिका ५ रिममा भएको कार्यक्रमको उद्घाटन गर्दै मन्त्री ज्वालाले खेलकुदको बिकासका लागि सरकार गम्भिर भएर लागेको बताउनु भएको छ ।

सरकारले खेलकुद प्रवर्द्धनका लागि बिभिन्न स्थानमा खेलमैदान, रंगशाला निर्माण बनाउने किसिमका कार्यक्रम अगाडी सारेको बताउनुभयो । उहाँले आगामी दिनमा खेलकुदलाई पहिलो प्राथामिकता दिएर बजेट ल्याउने बताउनु भयो ।

 

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका ज्वालाले खेलाडीले अहिलेसम्म बिभिन्न सफलता र उपलब्धी हासिल गर्दै आईरहेकाले अन्तरास्ट्रिय क्षेत्रमा समेत नेपालको प्रतिष्ठा जोगिएको बताउनु भयो । ‘नेपाली खेलाडी र खेलकुदले नेपालीको शिर उचो बनाएको छ, बिभिन्न देशहरुले समेत प्रशंसा गरेका छन्, त्यसैले नेपाली जगतमा मात्र नभएर अन्तर्राष्ट्रिय जगतमा समेत नेपाली खेलाडी र खेलकुदको महत्व देखिएको मन्त्री ज्वालाले बताउनु भयो ।

कार्यक्रमका बिशिस्ट अतिथि सल्यान प्रदेश सभा ख बाट निर्वाचित प्रदेशसभा सदस्य सुरेश अधिकारीले सबै पालिकामा खेलमैदान निर्माणको काम तत्कालै सुरु गरिने बताउनुभएको छ । प्रत्येक पालिकामा खेलमैदान र प्रत्येक बिद्यालयमा खेलशिक्षक राख्ने गरी प्रदेश सरकारले तयारी गरिरहेको उहाँको भनाइ छ ।

 

जिल्ला खेलकुद बिकास समिति सल्यानको आयोजना, कपुरकोट गाउँपालिकाको व्यवस्थापन र जीवन ज्योती नमुना माध्यमिक बिद्यालय रिमको स्थानिय ब्यबस्थापनमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियागिता सञ्चालन गरिएको हो । प्रतियोगितालाई भब्यताका साथ सम्पन्न गर्नका लागि सबै पालिकाबाट आएका खेलाडीको बसाई व्यवस्थापन, खानेपानी, औषधिउपचार लगाएतका काम गरिरहेको कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले बताउनुभयो ।

तीन दिनसम्म चल्ने प्रतियोगितामा जिल्लाका १० वटै स्थानिय तहका करिब एक हजार खेलाडीहरुको सहभागिता रहेको जिल्ला खेलकूद विकास समिती सल्यानका अध्यक्ष खड्ग प्रसाद आचार्यले जानकारी दिनुभयो । जसमा भलिबल, कबड्डी, एथ्लेक्टिक्स र मार्सल आर्ट अन्र्तगतका विभिन्न विधाका खेलहरु हुने छन् ।

 

उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख बेलाराम रावल, शारदा नगरपालिका प्रमुख प्रकाश भण्डारी, बागचौर नगरपालिका प्रमुख जनकराज गौतम, छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी, दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी, कालिमाटी गाउँपालिका अध्यक्ष दान बहादुर केसी, कुमाख गाउँपालिका अध्यक्ष मान बहादुर बुढाथोकीले बोल्दै खेलकूदको विकासका लागि सक्दो पहल गर्ने बताउनुभयो ।

यस्तै कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारी, सिद्ध कुमाख गाउँपालिका उपाध्यक्ष राम बहादुर बस्नेत, त्रिबेणी गाउँपालिका उपाध्यक्ष सिता खड्का पुन, नेपाली काँग्रेसका कमल घर्ती, नेकपा एमालेका घनश्याम शर्मा, नेकपा माओवादीका चित्र बहादुर केसी, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश नेपाली, राप्रपाका श्यामकृष्ण बोहरा, नेकपा एकीकृत समाजवादीका तिला बुढा मगर, जीवन ज्योति नमुना माद्यामिक बिद्यालयका प्रधानाध्यापक भुपाल साहु लगाएतले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस