१८ माघ २०८०/ सल्यान
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्लाको बागचौर नगरपालिका ९ कोटमौलाबाट डाँगीगाउँ जादै गरेको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालक कुमाख गाउँपालिका ६ वडागाउँका १९ वर्षीय जनक विकको मृत्यु भएको हो ।
बिहिवार कोटमौला डाँगीगाउँ तर्फ मल (गोबर) लिएर जान लागेको
रा १ त ३८५७ नम्बरको ट्याक्टर कोटमौला स्थित भित्रि सडकखण्डमा अनियंत्रित भैंदुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।चालकलाई ट्याक्टरले किचेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनु भयो ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय थारमारेबाट टोली घटनास्थलमा पुगेको र आवश्यक अध्ययन अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।