उत्कृष्ट उधोग वाणिज्य पत्रकारिता पुरस्कार प्रदान गरिने

१६ माघ २०८०/ सल्यान

सल्यान उधोग वाणिज्य संघ सल्यानले,उत्कृष्ट उधोग वाणिज्य पत्रकारीता पुरस्कार प्रदान गर्ने भएको छ ।

यहि माघ २२ गते हुने संस्थाको १२ औ साधारणसभाको अवसरमा उक्त पुरस्कार प्रदान गरिने सल्यान उधोग वाणिज्य संघ सल्यानले जनाएको छ ।

उधोग वाणिज्य संघ सल्यानले एक सूचना सार्वजनिक गर्दै बिगतका बर्ष देखि प्रदान गर्दै आएको वाणिज्य उधोग पत्रकारिता पुरस्कार यो बर्ष पनि सल्यान जिल्लामा क्रियाशिल पत्रकारहरु मध्य,उधोग,पर्यटन,कृषि,व्यापार तथा धार्मिक संस्कृतिकका बारेमा उत्कृष्ट समाचार लेख्ने पत्रकारलाई प्रदान गरिने बताइएको छ ।

सल्यान उधोग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष बिरेन्द्र कुमार श्रेष्ठ द्वारा हस्ताक्षरित सुचनामा २०७९ फागुन महिना देखि २०८० माघ १९ गते सम्म आफू कार्यरत संचार माध्याममा प्रकाशित तथा प्रकाशन गरिएका समाचारका कटिङ माघ २० गते भित्र कार्यालय लाई उपलब्ध गराइदिन अनुरोध गरिएको छ ।

संघको बार्षिक उत्सव तथा साधारण सभाको अवसरमा समाचार प्रकाशन तथा प्रसारण गर्ने उत्कृष्ट एक जना पत्रकारलाई सम्मान तथा पुरस्कृत गरिने सल्यान उधोग वाणिज्य संघका प्रेस सल्लाहकार आशिष केसीले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस