कलाकार दिनेश डाँगीले यति बेला छोराको उपचारको लागि सक्दो आर्थिक सहयोग गर्दिन सवैमा अनुरोध गर्नु भएको छ ।
सल्यान शारदा नगरपालिका वडानं.१२ डाङ्ग्री घर भइ हाल काठमाण्डौमा कर्म थलो बनायका डाँगीले ८ बर्षिया छोरा साकर डाँगीको ज्यान बचाउनको लागि आर्थिक संकल गर्ने अभियानमा जुट्दिन सवैमा आग्रह गर्नु भएको हो । केही बर्ष अगाडि देखि छोराको लिभरमा खराबी भएको र तत्कालै अप्रेसन गर्नु पर्ने डाक्टरको सल्लाह अनुसार अप्रेसनमा लाग्ने खर्च जुटाउन आफुहरु विभिन्न माध्यम बाट लागि परेको कलाकार तथा मोडल दिनेश डाँगीले बताउँनु भयो ।
उहाँले दियो अनलाइन संग कुरा गर्दै आफ्नो एकमात्र सन्तान जटिल रोगबाट थलिएर अप्रेसन गर्नु पर्ने अवस्था आएको र आफू संग भएको रकम उपचारमा सकियको र अझै १५ लाख जति खर्च लाग्ने डाक्टरको सल्लाह अनुसार आफुहरु उक्त रकम संकलन गर्न लागि परेको बताउँनु भयो । डाँगीले यहि माघ २२ गते कृष्ट हस्पिटल काठमाण्डौमा आफ्न छोराको अप्रेसन मिति डाक्टरले तोकेको,तर आफुहरु संग अस्पतालले भनेजती पैसा नभएपछि मानसिक रुपमा तनाव सृजना भएको बताउनु भयो ।उहाँले यो जटिल अवस्थामा आफुलाई सहयोग गर्दिन स्वदेश तथा बिदेशमा रहनुहुने नेपालीहरुमा आग्रह गर्नु भएको छ ।
साकर डाँगीको उपचारका लागि सक्दो सहयोग गर्ने महानुभावले राष्ट्रिय बाणिज्य बैंक बत्तिस पुतली काठमाण्डौ शाखामा दिनेश डाँगीको नाममा रहेको खाता नं.१३४०१०००३५४३४०१० मा पैसा जम्मा गर्न सकिने दिनेश डाँगीले बताउनु भएको छ ।उहाँले अन्य जानकारीको लागि ९८४९३२७०९२ सम्पर्क गर्न सकिने बताउनु भयो ।