१२ माघ २०८०/ सल्यान
सल्यानको शिद्वकुमाख गाउँपालिकामा छैटौं राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ ।
शुक्रबार कार्यक्रमको उद्घाटन गर्दै कर्णाली प्रदेश सामाजिक विकास मन्त्री खड्ग बहादुर पोख्रेलले खेलकुदको क्षेत्रमा प्रदेश सरकारले ठुलो लगानी गरेको बताउनु भयो ।
उहाँलेआगामी वर्ष १० औ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुन लागेको सन्दर्भमा राष्ट्रिय गौरवको रुपमा खेलकुदमा लगानी गरिरहेको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका पोख्रेलले कर्णाली प्रदेशका ७९ वटै पालिकालाइ समान रुपमा विकास गर्न कटिबद्ध रहेको प्रतिवद्धता समेत जाहेर गर्नुभएको थियो ।उहाँले कार्यक्रम सफलताको शुभकामना व्यक्तगर्नु भएको थियो ।
शिद्वकुमाख गाउँपालिकाका अध्यक्ष भरत गीरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य लक्ष्मी सुनार,गाउँपालिका उपाध्यक्ष राम बहादुर बस्नेत, वडा नं १ देखि ५ सम्मका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य लगायत राजनैतिक दलका प्रतिनिधि, खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ सिद्ध कुमाख गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा आज माघ १२ गते देखि १४ गते सम्म संचालन हुने छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा, गाउँपालिका भित्रका ६ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको छ । प्रतियोगितामा विभिन्न ४ फरक फरक विद्याका खेलहरुमा विद्यालयहरुविच खेलाडीहरुको प्रतिस्पर्धा हुनेछ जसमा भलिवल, कवड्डी, एथलेटिक्स(फिल्ड र ट्रयाक) र मार्सल आर्ट विधाका खेलहरु समावेश गरिने गाउँपालिकाले जनायको छ ।
नेपाल राष्ट्रिय माध्यमिक बिधालयका प्रधानाध्यापक प्रदिप खड्काको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन सिद्ध कुमाख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले गर्नु भएको थियो ।