११ माघ २०८०/ सल्यान
सल्यानको एक बिधालयमा माछापुच्छ्रे बैंक लिमिटेडले खानेपानी पुर्याइदिने भएको छ ।

जिल्लाको शारदा नगरपालिका–१५ माल्नेटामा रहेको त्रिभुवनजन माद्यामिक बिद्यालयमा माछापुच्छ्रे बैंक लिमिटेड सल्यानले खानेपानी पुर्याउने भएको हो ।
बिद्यालय बाट करिब साढेँ तीन किलोमिटर टाढा रहेको बडाखोलाको घारीमुहानबाट खानेपानी बिद्यालयमा ल्याउनको लागि बिधालय र बैंकको सम्झौता भैसकेको त्रिभुवन जन माध्यमिक बिधालयका बिधालय व्यवस्थापन समिति अध्यक्ष सुवास रावतले बताउनु भएको छ ।बैँकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र बिद्यालयको तर्फबाट आफुले हस्ताक्षर गरेको रावतले बताउनु भयो ।सामाजिक उत्तरदायित्व अन्तर्गत यसबर्ष उक्त बिद्यालयमा खानेपानी पुर्याउने लक्ष्य लिइएको हो । बिद्यालयमा १० लाख ७२ हजार रुपैँयाको लागतमा बैँकले खानेपानीको सुविधा उपलब्ध गराउने बताइएको छ ।

बैँकले बिद्यालयमा १० घनमिटरको खानेपानी ट्यांकी निर्माण गर्नुका साथै मुहानदेखी बिद्यालयसम्म पाइपलाईन, बिद्यालयमा धारा जडान गर्ने छ । खानेपानीको काम फागुन मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ । बिद्यालयमा खानेपानी आएपछि बिद्यार्थीलाइ सहज हुने बिद्यालयका प्रधानाध्यापक धनिराम खत्रीले जानकारी दिनुभयो । विगतमा खानेपानी नहुदा बिद्यार्थीले समस्या भोग्दै आएकोमा अव भने सहज हुने उहाँको भनाइ छ ।

माछापुच्छ्रे बैंकले विगत १२ बर्षदेखी सल्यानको श्रीनगर शाखाबाट सेवा दिदैँ आएको सल्यान शाखा प्रवन्धक ललित भाटले जानकारी दिनुभयो । यस शाखामा हाल १२ हजार बढी ग्राहक रहेका छन् भने नियमित रुपमा बित्तिय साक्षरता कार्यक्रम सञ्चालन भैरहेका छन् ।