वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंक खलंगा शाखाद्वारा ५ जनालाई सम्मान ।

१० माघ, सल्यान

५९ औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंक सल्यान खलंगा शाखाले ५ जनालाई सम्मान गरेको छ ।
शाखाका प्रबन्धक भिम सुनारको अध्यक्षतामा भएको बार्षिकोत्सव समारोहमा प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले बैंकमा कारोबार गरिरहेका ५ जनालाई सम्मान पत्र हस्तान्तरण गर्नुभएको हो ।
सम्मानित हुनेहरुमा सन्तोष के.सी., चित्र बहादुर सिंह, भुवन भट्ट, जनक कुमारी सेजवाल र नेशनल एग्रिकल्चर डेभल्पमेण्ट कम्पनि रहेका छन ।
उक्त अवसरमा शाखामा रहेको एटिएम समेत उद्घाटन गरि संचालनमा आएको छ ।समारोहका प्रमुख अतिथि एवं प्रमुख जिल्ला अधिकारी रेग्मीले बैंकको वार्षिकोत्सवको अवसरमा बैंक परिवारलाई शुभकामना व्यक्त गर्नुभयो।


आफ्नो वार्षिकोत्सवको अवसरमा माघ १ गते देखि चैत मसान्त सम्म  मोवाइल बैंकिङ, एटिएम, इन्टरनेट बैंकिङ सेवा दर्ता निशुल्क र क्रेडिट कार्डको दर्ता शुल्कमा ५० प्रतिशत छुट रहेको शाखा प्रबन्धक भिम सुनारले बताउनु भयो ।
वार्षिकोत्सव समारोहमा प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी, राष्ट्रिय अनुसधान प्रमुख सन्जिव चौधरी, सेवाग्राही र बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस