५ माघ २०८०/ सल्यान
सल्यानको कुमाख गाउँपालिकामा ३ महिने सिलाइ कटाई तालिमको उद्घाटन गरिएको छ ।
गाउँपालिकाको वडा नं.५ मा तीन महिने सिलाई कटाई तालिमको उद्घाटन गरिएको हो ।
कुमाख गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष पदम बहादुर बुढा मगरको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको कार्यक्रममा
वडाका १५ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।
उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका प्रमुख श्रीकृष्ण देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले तालिममा सिकेको सिपलाई व्यवहारमा लागू गर्नुपर्ने बताउनु भएको छ ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको सहयोगमा भएको तालिमको सहजीकरण सूचना अधिकारी ध्रुव बहादुर खत्रीले संचालन गर्नु भएको थियो ।