छत्रेश्वरी गाउपालिकाको छैठौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

२७ पौष २०८०/ सल्यान

कर्णाली प्रदेश सभा सदस्य माननीय सुरेश अधिकारीले,खेलाडीहरु राष्ट्रका गहना भएको हुँदा स्थानिय लगायत तिनै तहका सरकारले खेल कार्यक्रमलाई महत्त्व दिनु पर्ने बताउनु भएको छ ।उहाँले खेलक्षेत्रको बिकास हुनुनै राष्ट्रको सम्पत्ति आर्जन हुने भएको बताउनु भएको हो ।बिहिवार सल्यानको छत्रेश्वरी गाउँपालिकाको छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि अधिकारीले,गाउँपालिकाले स्थान छनौट सहित डिपिआर तयार गरेमा छत्रेश्वरीमा खेल मैदान निर्माण गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ।

कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले खेल प्रतिभाको बिकासमा सबैको साथ आवश्यक रहने भन्दै छत्रेश्वरी गाउँपालिकाले कोहि कसैलाई र कुनै पनि क्षेत्रलाइ आग्रह पुर्वाग्रह नराखेर समृद्ध पालिका निर्माणमा लागिरहेको बताउनु भयो । उहाँले गाउँपालिकाको खेललाई राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तर सम्म पुर्याउने उधेश्यका साथ आफुहरु लागि परेको बताउनु भयो ।यस्तै कार्यक्रममा बोल्दै छत्रेश्वरी गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्री, शारदा माध्यमिक बिद्यालय शंखमुलका अध्यक्ष डिल्लिराज रेग्मी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष फौद बहादुर बस्नेत, वडा नम्बर २ का वडा अध्यक्ष प्रेम बहादुर नेपाली, ३ का अध्यक्ष तिर्थाराज दाहाल, ६ का अध्यक्ष टिकाराम बुढाले प्रभावकारी रुपमा रनिङ शिल्ड सम्पन्न गर्न सबैले हात्तेमालो गरेर जानुपर्ने बताउनु भएको थियो। उहाँहरुले अनुशासनको पालना गरेर खेलमा सहभागी सवैलाई आग्रह गर्नु भएको छ ।

प्रतियोगितामा निष्पक्ष खेल संचालन र खेल्नका लागि निर्णायकको तर्फबाट करांतेका अन्तरास्ट्रिय रेफ्री तथा निर्णायक चित्र राना, खेलाडिका तर्फबाट दिनिशा वलीले सपथ लिनुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका मेघराज भण्डारी, नेकपा एमालेका घनश्याम शर्मा, नेकपा माओवादी केन्द्रका हिमाल यात्री, नेपाल पत्रकार महासंघ सल्यानका उपाध्यक्ष सरिता चलाउने, बिद्यालयको तर्फबाट भानुभक्त मावि दमाचौरका प्रधानाध्यापक खुमानन्द केसी लगायतले बोल्दै खेलकुदको महत्व र स्थानिय तहले खेल्नुपर्ने भुमिकाको बारेमा आफ्ना भनाइ राख्नुभएको थियो।

शारदा माबी शंखमुलमा पौष २८ गते सम्म संचालन हुनेराष्ट्रपति रनिङ शिल्डमा छत्रेश्वरी गाउँपालिकाका ९ वटा माध्यमिक बिद्यालयले विभिन्न बिधामा भाग लिएको छत्रेश्वरी खेलकुद बिकास समितिका अध्यक्ष सुरेन्द्र चन्दले जानकारी दिनुभयो । उद्घाटन कार्यक्रममा गाउँपालिकाका महिला कर्मचारी र विभिन्न बिद्यालयबाट छात्र छात्राले सांस्कृतिक प्रस्तुती राखेका थिए । गाउँपालिकाका शिक्षा अधिकृत केशर वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन शंकर केसीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस